Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कविता खत्रीले गरिन् आत्महत्या

Monday, 20 May 2013

कविता खत्रीले गरिन् आत्महत्या


६ जेठ, मोरङ । मोरङ वारङ्गी–३ बस्ने वर्ष ४६ को नरबहादुर मगरले आफ्नै घरको बलोमा पासो लगाई जेठ ५ गते झुन्डिएर आत्म हत्या गरे । हातिमुढा–८ बस्ने १८ वर्षीया कविता खत्रीले पनि आफ्नै घरको सिलिङ पङ्खामा सलको पासो लगाई जेठ ५ गते नै झुन्डिएर आत्महत्या गरिन् । दुवैले घरायसी तनावले गर्दा आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङमा बर्सेनि आत्महत्याको घटना वढदो रहेको प्रहरीको तथ्याङकले देखाएको छ । प्रहरीका अनुसार २०६७ सालमा ७५ जनाले र ०६८ सालमा १०० जनाले आत्महत्या गरेका थिए । २०६९ सालको साउनदेखि चैतसम्म ७५ जनाले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरै झुन्डिने र विष सेवन गर्ने रहेका छन् ।
प्रहरीका अनुसार धेरैले गरिबी, पारिवारिक कलह र अपहेलना सहन नसकेर, आत्महत्या गरेका छन् । प्रेम वियोग सहन नसकेर, सामाजिक बदनामीबाट छुटकारा पाउन र जीवनको असफलताले निरास भएर पनि आत्महत्या गर्नेहरु बढेका छन् ।
सबैभन्दा बढी २० देखि ५० वर्ष उमेर समूहका मानिसले आत्महत्या गरेको तथ्याङकमा उल्लेख छ । रासस

No comments :

Get Widget