Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : भारतको निर्देशनमा सबै मधेषी नेता एक ठाऊँमा

Saturday, 25 May 2013

भारतको निर्देशनमा सबै मधेषी नेता एक ठाऊँमा

११ जेठ, काठमाडौ । भारतसँग सबैभन्दा नजिकको सम्बन्ध रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज(शनिबार) मधेस केन्द्रीत सबै दलका नेताहरूलाई छलफलका लागी बोलाएका छन् । 
मधेसी दलहरुबीच एकता वा सहकार्य कसरी गर्ने विषयमा छलफल गर्न ठाकुरले बैठक बोलाएको बताइएको छ । तर, पछिल्लो अवस्थामा मधेषी दलहरूले भारतले चाहेजस्तो काम गर्न नसकेको गुनासो बढेको र भारतको अनुरोधमा मधेषी नेताहरूलाई एक ठाऊँमा राखेर छलफल गरी अगाडि बढ्नका लागी बैठक बोलाइएको बताइएको छ । 
भारतले ठुला राजनीतिक दललाई पनि आफ्नो हातमा लिइसकेको र मधेषी नेताहरू निष्प्रभावी हुँदै गएका बेला यसरी मधेषी नेताहरूलाई एकैठाऊँमा भेला गरी छलफल गराउनुले सबैमा भारतले केही नयाँ नीति ल्याएको हो की भन्ने आशंका समेत गर्न सकिन्छ । 
आज अपरान्ह ४ बजे डिल्लीबजारको कालिकास्थान स्थित अमृतभोगमा चियापान सहितको बैठक डाकिएको छ । तमलोपा दिएको जानकारी अनुसार बैठकमा सहभागिताका लागि विजय गच्छदार, उपेन्द्र यादव, जयप्रकाश गुप्ता, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अनिल झा लगायतका मधेसी दलका अध्यक्षहरुलाई बोलाइएको छ । 
मधेषी नेताहरू पनि सबै बैठकमा उपस्थित हुने बताइएको छ । भारतको विषेश पहलमा हुन लागेको बैठक भएका कारण पनि उनीहरू बैठकमा जसरी पनि सहभागी हुने पक्षमा रहेको बताइएको छ ।

No comments :

Get Widget