Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : नेपालमा ६०१ जना बढी हुन्छन्

Saturday, 25 May 2013

नेपालमा ६०१ जना बढी हुन्छन्

११ जेठ, झापा । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले विगत १०/१५ वर्षदेखि चुनाव नभएर स्थिर सरकार बन्न नसक्दा देश र जनताले धेरै समस्या झेल्नुपरेको बताएका छन् । 
नेपाल प्रेस युनियन झापाद्वारा आज विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले निर्वाचन नै प्रजातन्त्र र कानुनको मुटु भएको बताएका छन् । प्रमुख चार दलको संयन्त्रमा नेकपा-माओवादी र मधेसी जनअधिकार फोरमलाई पनि समेटेर ६ दलको संयन्त्र बनाउनुपर्नेमा जोड दिए । 
उनले संविधानसभामा पहिलेको जस्तो ६ सय एकजना सभासद् बनाउनु हुँदैन, नेपालजस्तो सानो मुलुकमा बढीमा ४९१ जना सभासद् राख्नु ठीक हुने धारणा राखेका छन् । 
विगतको निर्वाचनमा भाग लिएका जतिसुकै साना दल भए पनि एक प्रतिशतभन्दा कम मत ल्याउने दललाई निर्वाचनमा भाग लिन दिनु नहुने उनको जिकिर थियो ।

No comments :

Get Widget