१७ जेठ, काठमाडौं । मुक्तिनाथ विकास बैंकले १६औं शाखा बुटवलमा सञ्चालनमा ल्याएको छ । यस शाखाबाट बुटवल नगरपालिका र यसका आसपासका क्षेत्रका जनता, उद्योगी व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक, सरकारी, गैहसरकारी संघ संस्थालाई लाभ पुग्ने बैंकले अपेक्षा गरेको छ ।
यस अघि सञ्चालनमा बैंकले स्याङजा, कास्की, तनहुँ, चितवन र बागलुङ जिल्लाका विभिन्न स्थानमा १५ वटा आधुनिक बैंकिङ्ग शाखा र ६ वटा ग्रामीण बैंकिङ्ग शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । यसै महिनाभित्र स्याङ्गजा जिल्लाको चापाकोट सुन्तलिटार बजारमा आधुनिक बैंकिङ्ग तथा कार्यक्षेत्र भित्रका वित्तिय सेवा नपुगेका क्षेत्र छनौट गरी लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरेको बैंकले जनाएको छ ।
चालु आवको दश महिनामा बैंकले ३ अर्ब ३० करोड निक्षेप संकलन गरी २ अर्ब ८९ करोड कर्जा लगानी गरी १२ करोड ३८ लाख सञ्चालन मुनाफा आर्जन गरेको । बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ रहेको छ ।
No comments :
Post a Comment