वीरगन्ज (पर्सा), १७ जेठ । गएरातिदेखि परेको अविरल वर्षाका कारण वीरगन्जको अधिकांश भूभाग जलमग्न भएका छन् ।
डुबानका कारण नगरवासी प्रत्यक्ष मारमा परेका छन् । रातिदेखि परेको वर्षाका कारण वीरगन्जको पानीट्याङ्की, श्रीपुर, मुर्ली, नयाँटोल, भिस्वालगायतका एक दर्जनभन्दा बढी भागहरु डुबानमा परेका छन् । नगर क्षेत्रका अधिकांश भाग डुबानमा परेका कारण केही विद्यालयको आजको नियमित पढाइसमेत अवरुद्ध भएको छ ।
बाक्लो बस्तीका कारण उचित निकासको अभावमा नगरका विभिन्न भाग डुबानमा परेको स्थानीयवासीले बताएका छन् । नालामाथि नै घर बनाइएका कारण डुबानको समस्या देखिएको वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले बताउनुभयो ।
उहाँले नाला तथा ढल अतिक्रमणको क्रम रोकिएको खण्डमा मात्रै पानीको सहज निकास हुने बताउनुभयो । उचित निकासकै अभावमा वीरगन्जमा हरेक वर्ष वर्षायाममा सर्वसाधारणले डुबानको समस्या झेल्दै आएका छन् । रासस
 
 

 
 
No comments :
Post a Comment