प्रकाश सुन्दास
२२ चैत, काभ्रे । जिल्ला बाल क्लब सञ्जाल काभ्रेले जिल्लामा बालिका माथि भएको यौन दुब्र्यबहारको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 
सञ्जालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बालबालिका माथि बढ्दो यौन दुब्र्यहार, बाल शोषण तथा गैर न्यायिक ब्यवहार तत्काल रोक्न र दोषिलाई कारबाही गर्न प्रशासनसाग माग गरेको छ । सञ्जाल काभ्रेका सचिव रामसुन्दर आचार्यद्धारा हस्ताक्षरित विज्ञाप्तिमा बालबालिकाहरुको संरक्षणमा ध्यान दिन राज्य र परिवारलाई अपिल समेत गरिएको छ । 
गएको मंगलबार काभ्रेको खार्चाचोक गाविसको वडा नम्बर ९ का २५ बर्षीय दिपेन्द्र भनिने भिम ठकुरीले खेतमा पानी लगाउन गएकी सोहि गाविसका १७ बर्षीय एक किशोरी माथि जर्बजस्ती करणी गरेका थिए । पीडितले दिएको निवेदनको आधारमा प्रहरीले ठकुरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
 
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
 
 
 
No comments :
Post a Comment