Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : एक लिटर तेलले १ हजार किलोमिटर गडुने कार आयो

Friday, 5 April 2013

एक लिटर तेलले १ हजार किलोमिटर गडुने कार आयो

२३ चैत, एजेन्सी । एक लिटर तेल हालेर तपाईले कति किलोमिटर कुदाउन सक्नुहन्छ आफ्नो सवारी साधन, ३०, ४० वा त्यो भन्दा बढी तर, तपाईले कल्पना पनि गर्नुभएको छैन् होला की एउटा कारमा एक लिटर तेल हालेर १ हजार किलोमिटर कुदाउन सकिन्छ । यो सम्भव भएको छ । यसलाई सम्भव बनाएका हुन् दुबईका इन्जिनियरिङ पढ्दै गरेका छात्रहरुले । 
इको-दुबई १ नाम दिइएको उक्त कारको निर्माण केहि दिनमा नै सम्पन्न हुने बताइएको छ । केहि दिनमा निर्माण सकेर केही हप्ताभित्र नै परिक्षण गरिने बताइएको छ । इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थीहरूले करिब दुई वर्षको कडा मिहेनतपचि यस्तो कारको निर्माण गरेका हुन् । यो कारको चौडाई आधा मिटर रहेको छ भने २ मिटर लामो, आधा मिटर अग्लो र यसको तौल मात्र २५ किलो रहेको छ । 
यो कारले आगामी जुलाईमा हुने रेस प्रतियोगितामा समेत भाग लिने बताइएको छ । यो कारसँगै अन्य दुबईमा निर्माण गरिएका अन्य ४ कार पनि प्रतियोगितामा भाग लिँदैछन् । 
मलेसियामा हुने कार प्रतियोगिता जसमा सबैभन्दा कम इन्धनमा बढी गुड्ने कारको खोजी गरिनेछ, त्यसमा यो कारले भाग लिने बताइएको छ । यो कार तयार गर्नका लागि विद्युत, सोलार तथा अन्य हाइब्रिड प्रविधीको प्रयोग समेत गरेको बताइएको छ ।

No comments :

Get Widget