१६ बैशाख, एजेन्सी । इटालीका नयाँ प्रधानमन्त्री एनरिको लेटा तथा उनको मन्त्रिपरिषद्ले क्विरिनल राष्ट्रपति कार्यालयमा सपथ गर्दानगर्दै प्रधानमन्त्रीको कार्यालयबाहिर दुई अर्धसैनिक प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ । 
सडकको पेटीमा दुई घाइते प्रहरी अधिकारीलाई देखेका थिए भने एकको घाँटीबाट रगत आइरहेको उनले जानकारी दिए । यी प्रहरी घाइते भएको स्थानमा सातवटा गोली फेला परेका थिए ।
इटालेली समाचार संस्था अन्साले आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको जानकारी दिएको छ । प्रधानमन्त्री एनरिको लेटाले एक दिनअगाडि मध्यबामपन्थी समूह तथा पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको परम्परावादी समूहसँग गठबन्धन तयार गरेका थिए ।
प्रधानमन्त्रीको सरकार गठन तथा यी प्रहरीमाथि आक्रमणबीच कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा स्पष्ट हुनसकेको छैन तर फेब्रुअरीमा निर्वाचन भएपछि मुलुक राजनीतिक अवरोधमा फसेको छ ।
इटालीका प्रहरी प्रमुख घटनास्थलमा गएका छन् । उक्त सपथग्रहणपछि विदेशमन्त्री एमा बोनिनोका एक सहयोगीले परिस्थिति स्पष्ट नभएसम्म मन्त्रिपरिषद्का सदस्यहरूलाई राष्ट्रपति कार्यालयमै राखिने जानकारी दिएका थिए ।

No comments :
Post a Comment