१६ वैशाख,चितवन । चितवनको रत्ननगरमा एउटा रियल जुसमा लेदो भेटिएपछि हंगामा भएको छ । रत्ननगर ८ शुभप्रभात टोल वस्ने रेसम श्रेष्ठले स्थानिय शान्ता राउतको पसलबाट किनेको जुसमा लेदो भेटिएको हो । हिजो साँझ सो पसलबाट किनेर खान लाग्दा गनाएपछि हेर्दा लेदो मिसिएको पाईएको श्रेष्ठले बताएकी छिन् ।
यस अघि पनि रियलको जुसमा लेदको भेटिने गरेको थियो। तर केही समय यता बजारमा राम्रो अनुगमन हुन नसकेको सरोकारवालाहरु बताउँछन्। ठुलो कम्पनी भएकाले प्रशासनले यस्ता घट्नामा चासो दिन छोडेको पिडितहरुको गुनासो रहेको छ।

देशमा अन्य भागमा पनि रियलमा अखाद्य बस्तु भेटिएका समाचार बारम्बार आउने गरेपनि सरकारी निकाय मौन बस्ने र ठुला राष्ट्रिय दैनिककहरु विज्ञापन नपाइने डरले समाचार नछाप्ने गरेको गुनासो उपभोक्तहरुले गर्ने गरेका छन्।
No comments :
Post a Comment