१६ बैशाख, काठमाडौ । विराटनगरमा भारत सरकारले सञ्चालन गरेको कार्यालय तत्काल बन्द गर्न माग गर्दै नेकपा–माओवादीसहित ३३ दलले आज भारतीय दूतावासलाई ज्ञापनपत्र बुझाएको छ ।
माओवादीका उपाध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको टोलीले लैनचौरस्थित दूतावासको कार्यालयमा मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
विराटनगरमा अनाधिकृतरुपमा सञ्चालन भइरहेको कार्यालय तुरुन्त बन्द गर्न माग गर्दै दूतावासलाई ज्ञापनपत्र बुझाइएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।
तेत्तीस दलको हस्ताक्षरसहितको ज्ञापन बुझाएपछि उपाध्यक्ष गजुरेलले भारतले अवैधानिकरुपमा सामरिक महत्व राख्ने कार्यालय खोलेर राष्ट्रिय स्वाधीनतामाथि धावा बोलेको भन्दै यसलाई गम्भीरतापूर्वक नलिए भारतलाइ घाटा हुने चेतावनी दिएका छन् ।

No comments :
Post a Comment