Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : युद्ध गरेरै लखेट्नुपर्छ चिनीयाँ सेनालाई भारतबाट

Monday, 29 April 2013

युद्ध गरेरै लखेट्नुपर्छ चिनीयाँ सेनालाई भारतबाट

१६ बैशाख, एजेन्सी । भारतको लद्धाखमा अहिले चीनीयाँ सेना प्रवेश गरेपछी भारत र चीनबीचको सम्बन्धमा निकै विवाद खडा भएको छ । लद्धाखमा चीनीयाँ सेना छिरेको विषयमा आज भएको संसद बैठक समेत निकै तातेको छ । 
संसदमा आफ्नो भनाई राख्दै समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंहले चीनलाई भारतको एक नम्बरको दुश्मन भएको बताउँदै तुरून्दै चीनियाँ सेनालाई त्यहाँबाट लखाट्नुपर्ने माग राखेका छन् । मुलायम सिंहले चीनीयाँ सेनालाई लद्धाखबाट सकेसम्म चाँडो लखेट्नुपर्ने बताएका छन् । 
उनका साथै अन्य केही विपक्षी दलहरूले पनि लद्धाखमा रहेका चीनीयाँ सेनालाई हटाउनुपर्ने बताएका छन् । मुलायम सिंहले दुईदेश बीच युद्धको सम्भावना अगाडि आएपनि चीनीयाँ सेनालाई लखेट्नुपर्ने बताएपछि संसदमा एक छिन हंगामा नै खडा भएको थियो । 
मुलायम सिंहले चीनीयाँ सेना मात्र नभइ यसमा सरकार समेत दोषी रहेका छन् । वर्तमान सरकार चीनसँग किन यति साह्रो डराएको भनेर मुलायमले सरकारसमक्ष प्रश्न समेत उठाएका छन् । 
मुलायम सिंहले चीनले विगत ८ वर्षदेखी आफ्नो जग्गा कब्जा गर्दै आएको बताउँदै आफूहरूलाई सताउँदै आएपनि सरकारले कुनै ठूलो निर्णय तथा चेतावनी दिन नसकेको भन्दै आक्रोश पोखेका थिए । 
चीनले अन्तराष्ट्रिय स्तरमा नै आफूहरूको बेइजत गर्दै आएको बताउँदै पहिले सम्झाएर र नमाने युद्धबाट नै लखेट्नु पर्छ ।

No comments :

Get Widget