नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : हिरासत भित्रै थुनुवाले गरे आत्महत्या
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
सर्लाही, चैत्र ३० - हरिवन इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा शुक्रवार बिहान पासो लगाई मृत अबस्थामा फेला परेका छन् ।
जवर्जस्ती करणी उद्योगमा बिहिवार साँझ पक्राउ परेका ढुंग्रेखोला गाविस-२ का ४७ वर्षीय जितबहादुर घिसिङले बिहान करिब ४ बजे हिरासत भित्रै आत्महत्या गरेको प्रहरीले जनाएको छ । हिरासत कोठमा सुत्न दिएको तन्दा च्यातेर पासो बनाई झ्यालको डन्डीमा बाँधेर झुण्डीएको अबस्थामा बिहान ४ बजे प्रहरीे लाश फेला पारेको थियो ।
घिसिङले झ्यालमा रहेको फलामको डन्डीमा डोरी बाँधेर पासो लगाएका थिए । उनको खुट्टा भुईं भन्दा २ इन्चजति माथी लत्रिएको थियो । हिरासत कोठामा उनी एक्लै थिए ।
हरिवनका प्रहरी निरीक्षक दिपक न्यौपानेले बत्ति जानु अघि राती ३ बजे सम्म घिसिङ सुतिरहेको र लाईन गएपछि आत्महत्या गरेको हुन सक्ने वताए । थुनुवा कोठामा बलेको बत्ति लाइन गएपछि निभेको मौका छोपेर घिसिङले आत्महत्या गरेको प्रहरीको भनाई छ ।
आफ्नै भान्जिलाई बुधवार जवर्जस्ती गर्न खोजेका घिसिङलाई बिहिवार स्थानीय महिला र आफन्तले पक्रेर प्रहरीमा बुझाएका थिए । पक्राउ पछि कुटपिट गरेर प्रहरीलाई बुझाइएका घिसिङले लाजका कारण आत्महत्या गरेको हुन सक्ने उनका नातेदारको भनाई छ ।
घिसिङका भिनाजु बुद्धिमान गोलेले भान्जीलाई जवर्जस्ती गर्न खोज्दा समाजले नै समातेर प्रहरीमा बुझाएकाले गाउँमा अनुहार देखाउन नसकेर आत्महत्या गरेको हुन सक्ने वताए । 'मलाई कसैमाथी शंका छैन,' उनले भने, 'पहिलेदेखि चरित्र ठिक थिएन, प्रहरीले ल्याएपछि मुख देखाउन नसक्ने भएर आत्महत्या गरेको जस्तो लाग्छ ।'
No comments :
Post a Comment