Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : धन कमाउन गएको छोराको तीन सातामै शव आयो

Friday, 12 April 2013

धन कमाउन गएको छोराको तीन सातामै शव आयो

पर्वत,चैत ३० । धन कमाउन विदेश गएको छोराको तीन सातामै घरमा शव आएपछि पर्वत माझफाँटको एक परिवार शोकमा डुबेको छ । माझफाँट गाविस–८ मल्लाजका कमल विश्वकर्माको रोजगारीको सिलसिलामा मलेसिया गएको १० दिनमै मृत्यु भएपछि घरपरिवार शोकमा डुवेको हो । गत चैत ८ गते नेपालबाट मलेसियाको कन्फो ईन्जीनियरीङ्ग अपरेसन कम्पनीमा काम गर्न गएका २५ बर्षिय विश्वकर्माको चैत्र १९ गते ज्यान गएको थियो । कम्पनीमा काम गरिरहेको अवस्थामा भवनको माथिल्लो तलामा क्रेनले लोड गरिरहेको स्टील ट्याङ्की खसेर किच्दा विश्वकर्माको ज्यान गएको उहाँका आफन्त सुरेश विश्वकर्माले जानकारी दिनुभयो । मृतक विश्वकर्माका दुई छोरी सहित ४ जनाको परिवार छ ।

No comments :

Get Widget