Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : 'विदेशी लगानीबाट १० वर्षमा देशमा कायापलट'

Friday, 12 April 2013

'विदेशी लगानीबाट १० वर्षमा देशमा कायापलट'


३० चैत, तनहुँ।एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विदेशी लगानी भित्र्याउन सकिए एक दशकमै मुलुकमा कायापलट हुने दाबी गरेका छन् । तनहुँको खैरेनीटारमा शुक्रबारबाट शुरु पाचौं खैरेनीटार महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने मुलुकको आर्थिक विकाससंगै जनताको जीवनस्तर उकास्नका लागि विदेशीले लगानी आवश्यक पर्ने बताए ।
जनतामा आर्थिक समृद्धि नआउँदासम्म मुलुकको पहिचान सम्भव नरहेको भन्दै उनले जनतालाई नयाँ आर्थिक अभियानमा लाग्न अपिल समेत गरे । मुलुकले संविधान पाउन सके स्थिरता आउने भन्दै त्यसपछि समग्र मुलुकको आर्थिक विकासमा सबैले ध्यान दिनसक्ने उनले बताए ।
दलहरुबिच राजनीतिक एजेण्डामा मतान्तर भएपनि देशको विकास गर्ने बिषयमा भने एकमत रहेको प्रचण्डको भनाई थियो ।
नेपालको आर्थिक विकासका लागि उद्योगधन्दा,रेल लगायतका ठुला पुर्वाधार आवश्यक रहेको तर्क गर्दै प्रचण्डले विदेशी लगानी भित्र्याउन सकिए त्यसले लाखौं युवालाई रोजगारीसंगै अर्थतन्त्रको विकासमा योगदान दिने बताए ।
नेपालमा जतिसुकै क्रान्तिको कुरा हुने गरेपनि आर्थिक विकासविना क्रान्ति सम्भव नरहेको भन्दै प्रचण्डले अब बाहिर विदेशिएकाहरु पनि स्वदेशमा फर्कने वातावरण बनाउनुपर्नेमा जोड दिए । देशमै रोजगारीको अवसर हुने हो र विदेशमा जत्तिकै आम्दानी दिने वातावरण बनाउने हो भने विदेशिएका युवा स्वदेशमा आएर राष्ट्रनिर्माणमा लाग्नसक्ने उनको भनाई थियो ।
यहि कुरालाई विश्लेषण गरेर नै आफुहरुले हेटौंडा महाधिवेशनमार्फत नेपालको निर्माणमा जनशक्ति परिचालन गर्नुपर्ने प्रस्ताव गरेको बताए ।
आफु चीनको भ्रमणमा जान लगेको प्रसंग कोट्याउँदै एमाओवादी अध्यक्ष प्रचण्डले त्यसपछि भारतमा हुने भ्रमणका क्रममा पनि मुलुकमा आर्थिक लगानी भित्र्याउन छलफल केन्द्रित हुने जानकारी दिए ।

No comments :

Get Widget