Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : गजल

Thursday, 4 April 2013

गजल




देव्रे आँखा फरफरायो के हुने हो फेरि
पूरै शरीर थरथरायो के हुने हो फेरि
हुकुचिलले कराएर कुलच्छिन भो सधैं
भ्यागुतो नि टरटरायो के हुने हो फेरि
सबै कुरा बेस्वादिला मिठास छंदै छैन
टिम्मुर झैं परपरायो के हुने हो फेरि
चारै तिर विसंगति देख्दा छाती दुख्यो
लगातारै चरचरायो के हुने हो फेरि
कहाँ गयो "कोमल" भाव कतै देखिएन
आँसु मात्रै बरबरायो के हुने हो फेरि

No comments :

Get Widget