Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिश्व

Thursday, 4 April 2013

बिश्व


अदालतको इजलासमै आक्रमण, ७४ मारिए, ९० बढी घाइते 



काठमाडौं, चैत्र २२ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको राजधानीस्थित एक अदालतमा सुनुवाई भइरहेको इजलासमै तालिवान लडाकूले आक्रमण गर्दा ७४ जना मारिएका छन् । आक्रमणमा ५३ जना सर्वसाधारण, १२ सुरक्षाकर्मी र ९ लडाकू मारिएको समाचार संस्था एपीले जनाएको छ । ९० जनाभन्दा बढी घाइते भएको बताइएको छ । इरानी सिमाना नजिकैको उक्त शहरमा तालिवान लडाकुविरुद्धको मुद्दामा सुनुवाई भइरहेका बेला अदालतमै लडाकूले आत्मघाती आक्रमण गरेका हुन् । आक्रमणको जिम्मेवारी तालिवानले लिएको छ । तालिवानले प्रवक्ता क्वारी युसुफ अहमदीले लडाकुलाई छुटाउन आक्रमण गरिएको र एक दर्जनभन्दा बढी लडाकूलाई छुटाउन सफल भएको दावी पनि गरेका छन् 

No comments :

Get Widget