Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : आज को रासी फल

Saturday, 27 April 2013

आज को रासी फल


विक्रमसंवत् २०७० साल वैशाख १४ गते शनिबार,
ईश्वीसन् २०१३ अप्रिल २७, नेपाल संवत् ११३३,
वैशाख कृष्णपक्ष (चौलागा), द्वितीया तिथि, सन्ध्यापछि १० बजेर १६ मिनेटसम्म, त्यसपछि तृतीया तिथि,
विशाखा नक्षत्र मध्याह्नपछि ३ बजेर २१ मिनेटसम्म, त्यसपछि अनुराधा नक्षत्र,
व्यतिपात योग मध्याह्नपछि ३ बजेर ३८ मिनेटसम्म, त्यसपछि वरीयान् योग,
दिनको पूर्वार्द्धमा गर र उत्तरार्द्धमा वणिज करण,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय ठीक छैन । गर्नु नपर्ने कामबाट जोगिने बेला हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरु समाधान हुनेछन् । काममा सफलता पाइने छ । विभिन्न सामाग्री किनमेल गर्न बाँकी छ भने आज त्यसका लागि राम्रो दिन हो । नातागोताभित्रका विपरीतलिंगी सदस्यले राम्रो सहयोग गर्ने छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज अवगाल र अपजस व्यहोर्नुपर्ने दिन हो । प्रतिस्पर्धीहरुले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ । सहयोगी हातहरु पछि हट्न सक्छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय मध्यम रहेको छ । एकाबिहानै सन्ततिपक्षबाट समस्या आइपर्ने सङ्केत छ । आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र अशान्त रहने छ । उता पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । साँझपख मन भुलाउने उपायको प्राप्ति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन लाभदायक देखिन्न । व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग छ । आज शरीर अस्वस्थ हुनसक्छ । स्वास्थ्योपचारमा धन खर्च हुन सक्छ विचार गर्नुहोला । आज चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानातिना कुरामा अल्मलिने समय छैन । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय राम्रो छ । कामको दायित्व दिन प्रतिदिन बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ । पारिवारिक सहयोग बढ्ने छ । बोलिको प्रभाव बढेतापनि झैझगडामा आफु पछि हट्नु पर्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो । आज दिनदुखीलाई दिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । शत्रुहरु पराजित हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खराब समय छ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय छ । अनावश्यक कुरामा अल्झिनु राम्रो छैन । तपाईंको परिश्रम खेर जान सक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राम्रो समयको योग छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । । शुभ कुराको संकेत मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुहोला । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन अध्यापनमा खासै रुचि नरहला । यातायातको साधन किन्ने विचार गर्नु भएको छ भने आज अनुकूल समय हो । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । शुभ समाचार प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

No comments :

Get Widget