आबुधाबी । संयुक्त अरब एमिरेट्स युएईको आबुधाबीमा दुर्घटनामा परी घाइते भएका एक नेपालीको उपचारका क्रममा निधन भएको छ । गत सन २०१२ मे को ४ तारिखमा दुर्घटनामा परी घाइते भएका बाग्लुङ बोङ्गादोभान-८, का ३० वर्षिय लोक बहादुर घर्ती मगरको अचेत अवस्थाआमा अबुधबीस्थित माफ्रक सरकारी अस्पटालमा उपचार क्रममा गत ११ अप्रिल बिहीवार मृत्यु भएको हो ।उनको आबुधाबीस्थित मार्फक सरकारी अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको हो ।
मृतक बिगत दुर्इ बर्ष देखि संयुक्त अरब एमिरेट्स युएईको अबुधाबी स्थित गोल्डेन स्पाइक एन्ड व्हेत इस्त बेकरीज कम्पनीमा सेल्स म्यान पदमा कार्यरत थिए ।कम्पनीमा सेल्स म्यान पदमा कार्यरत मगरलाई पाकिस्तानी नागरिकले आक्रमण गरेका थिए । नेपाली र पाकिस्तानी नागरिक बीच क्रिकेट खेलमा भएको सामान्य झगडाले उग्र रुप लिदा भएको दुर्घटनामा परि बाग्लुङका लोक बहादुर घर्ती मगर र म्याग्दीका लालबहादुर विक र अर्का एक नेपाली घाइते भएका थिए । अचेत अवस्थामा रहेका लोकबहादुरको उपचारको क्रममा अप्रिल ११ गते बिहीवार आबुधाबीमा ज्यान गएको हो । त्यस्तै घटनामा घाइते भएका म्याग्दीका लाल बहादुर विक र अर्का एक नेपाली उपचार पछि घर बिदामा नेपाल फर्केका छन् ।
ती नेपालीलाई आक्रमण गरेको आरोपमा १० पाकिस्तानी नागरिकलाई पक्राउ गरि हिरासतमा राखेको उनीहरु कार्यरत कम्पनीले जनाएको छ ।मृतक मगरको शब कम्पनीमा कार्यरत अर्का नेपाली ईन्द्र श्रेष्ठको जिम्मा लगाएर पठाउने तयारी भए पनि कानुनी प्रकृया अझै पुरा नभएकोले शब पठाउन ढिला हुन सक्ने कम्पनीमै कार्यरत मृतका मामा किरण बुढा मगरले जानकारी दिएका छन् ।
नेपाली राजदूतावास अबुधावीको तथ्याङ्क अनुसार जनवरी २०१३ देखि २३ अप्रिलसम्ममा १९ जना नेपाली कामदारहरुको मृत्यु भएको छ । जसमा हत्यामा १ जना ,सडक दुर्घटनामा ७ जना, आत्महत्यामा २ जना र सामान्य अवस्थामा ९ जनाको मृत्यु भएको हो ।
 
 
 
 
No comments :
Post a Comment