Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : २५ करोड पाउने लोभमा आफ्नै हात काटे दुई युवाले

Saturday, 27 April 2013

२५ करोड पाउने लोभमा आफ्नै हात काटे दुई युवाले

१४ बैशाख, एजेन्सी । स्पेनका दुई युवाले इन्सुरेन्स वापतको करिब २५ करोड बराबरको रकम पाउने लोभमा आफ्नै हात काटेका छन् । 
नाम नखुलाइएका ती युवाले इन्सुरेन्सको २५ करोड पाउनकै लागी आफ्नो हात जानाजान काटेको थाहा पाएपछी इन्सुरेन्स कम्पनीले समेत इन्सुरेन्सको रकम दिन अस्विकार गरेपछी ती युवा रणभुल्लमा परेका छन् । रकम पाउनकै लागी हात नै काटेका ती युवाले हात गुमेको अवस्थामा रकम समेत नआउने भएपछी 'घरको न घाटको' हुने भएका हुन् । 
एक युवाले आफ्नो हात काठ काट्ने मेसिनले काटेर कार दुर्घटना परी उक्त हात गुमेको बताउँदै विभिन्न ११ वटा इन्सुरेन्स कम्पनीमार्फत २५ करोड बराबरको रकम दावी गर्दै पुगेका थिए । तर, उनको हातबारे जाँच गर्दा उनको हात कार दुर्घटनामा परी गुमेको नभइ आफैले काटेको प्रमाण भेटिएपछी इन्सुरेन्स कम्पनीहरूले रकमको दावीलाई पुरा गर्न नसक्ने बताएका छन् । जाँचमा ती युवाले आफनो हात काठ काट्ने मेसिनले काटेको प्रष्ट भएको बताइएको छ । कार दुर्घटनामा परेर हात काटिँदा मेसिनले काटेको जस्तो गरी सफासँग हात नकाटिने जाँचकर्ताले जनाएका छन् । 
यस्तै, अर्का युवाले पनि यस्तै नाटक गर्दै रकम हात पार्ने दाऊ गरेका थिए । उनले भने इलेक्ट्रिक मेसिनले दुर्घटना भई आफ्नो हात काटेको बताएका थिए । तर उनको हात पनि आफैले काटेको भेटिएपछी इन्सुरेन्स कम्पनीले रकम दिन अस्विकार गरेका छन् । 
२५ करोडको लोभमा गरिएको यस्तो बहुलठ्ठीपूर्ण कार्यले आफैलाई दु:ख त भयो भयो न घरको न घाटको समेत बनाउन पुग्यो । न त पैसा न हात भएपछी अब काम गरेर खाने बाटो समेत गुमेको छ ।

No comments :

Get Widget