Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंककारी हमलामा प्रयोग भएको विमानको पार्टपुर्जा फेला..

Saturday, 27 April 2013

अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंककारी हमलामा प्रयोग भएको विमानको पार्टपुर्जा फेला..

बैशाख १४ । अमेरिकाको न्युयोर्क प्रहरीले सन् २००१ को सेप्टेम्बर ११ मा वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंककारी हमलामा प्रयोग भएको विमानको पार्टपुर्जा फेला पारेको छ । वर्ल्ड ट्रेड सेन्टर हमलामा प्रयोग भएका दुईवटा बोइङ विमानमध्ये एउटा विमानको ल्यान्डिङ गियर भेटिएको प्रहरीले जनाएको हो । तीन हजार मानिसको ज्यान जाने गरी भएको हमलामा प्रयोग भएका दुई विमानमध्ये विमानको पार्टपुर्जा भेटिएको यो पहिलोपटक हो । गत बुधबार भेटिएको पाँच फिट लामो धातुजन्य पुर्जालाई परीक्षण गरिएपछि उक्त पुर्जा आतंककारी हमलामा प्रयोग भएको विमानको रहेको पुष्टि भएको हो । पुर्जामा बोइङको लेबल तथा सिरियल नम्बरसमेत रहेको एक प्रहरी अधिकारीले बताएका छन् । आतंककारी हमलाको जिम्मा लिएको अल कायदाका तत्कालीन प्रमुख ओसामा विन लादेनलाई भने अमेरिकाले मारिसकेको छ । पाकिस्तानमा लुकेर बसेका लादेन प्रहरी अपरेसनमा दुई वर्षअगाडि मारिएका थिए ।

No comments :

Get Widget