Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : नेपाल बन्द फिर्ता लिन सरकारको आह्वान (पूर्णपाठसहित

Saturday, 6 April 2013

नेपाल बन्द फिर्ता लिन सरकारको आह्वान (पूर्णपाठसहित

२४ चैत, काठमाडौं । सरकारले चैत २५ गतेको नेपाल बन्द फिर्ता लिई वार्तामा आउन नेकपा-माओवादी नेतृत्वको ३३ दललाई आग्रह गरेको छ ।
‘केही आन्दोलकारी राजनीतिक दलहरुको मोर्चाले आह्वान गरेको बन्दको कार्यक्रमप्रति नेपाल सरकारको ध्यान आकृष्ट भएको छ’ सरकारका प्रवक्ता एवं सूचनातथा सञ्चारमन्त्री माधव पौडेलद्वारा शनिबार जारी वक्तव्यमा भनिएको छ-’२५ गते हुने भनिएको नेपाल बन्दका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिन नेपाल सरकार आन्दोलनकारी मोर्चा तथा त्यसका सम्पूर्ण घटकहरुलाई हार्दिक आह्वान गर्दछ ।’
वक्तव्यमा सम्वाद, छलफल र परामर्शका माध्यमबाट समस्या समाधान गर्न सरकार खुल्ला रहेको उल्लेख छ ।
२५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र त्यस आधारमा बनेको चुनावी सरकार खारेजको माग गर्दै आन्दोलनतर ३३ दलले आइतबार नेपाल बन्द आहृवान गरेका छन् । सरकार र उच्चस्तरीय राजनीतिक समतिले वार्तामा बोलाएपनि आन्दोलनकारी दलहरुले राष्ट्रपतिसँग मात्र वार्ता गर्ने अडान लिएका छन् ।
वक्तव्यको पूर्णपाठ gov-let

No comments :

Get Widget