५ वैशाख, काठमाडौं । पारिजात सृजन सम्मान २०६९ नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई प्रदान गरिने भएको छ 
माक्र्सवादी सौन्दर्य चिन्तक समेत रहेका बैद्यलाई साहित्यमा चैतन्य उपनामले पनि चिनिन्छ । राजनीतिमा नभई माक्र्सवादी साहित्य योगदान पुर्याए बापत उहाँलाई यो सम्मान प्रदान गर्न लागिएको हो । पारिजात स्मृति केन्द्रले
पारिजात सङ्घर्षशील नारी सम्मान-२०६९ वरिष्ठ महिला नेतृ सहाना प्रधानलाई प्रदान गर्ने निर्णय गरेको छ । एमाले नेतृ प्रधान अशक्त अवस्था हुनुहून्छ । त्यसैगरी पारिजात कला सम्मान २०६९ कलाकार नारदमुनी हार्तम्छाली र पारिजात बाल साहित्य पाण्डुलिपि पुरस्कार-२०६९ बालसाहित्यकार विजयराज आचार्यलाई प्रदान गर्ने निर्णय भएको केन्द्रका सदस्य सचिव मातृका पोखरेलले जानकारी दिनुभयो ।
पारिजात बाल साहित्य पाण्डुलिपि पुरस्कार-२०६९ का लागि आहृवान गरिएका पाण्डुलिपिहरुमा अन्य उत्कृष्ट तीनवटा पाण्डुलिपि लेखकहरु सङ्गीतस्रोता, सविना सिन्धु र केदार श्रेष्ठलाई सम्मान गरिने उहाँले जानकारी दिनुभयो । सम्मान एवम् पुरस्कार वैशाख २१ गते वितरण गरिने छ ।
 
 
 
 
No comments :
Post a Comment