Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : गजल

Thursday, 18 April 2013

गजल

रुदै थिए तिमि अायौ हँसाएर गयौ,
पल भर मै कस्तो माया बसाएर गयौ,,

बिहानीको घाम जस्तै झुल्किएर तिमी,
हाँसी हाँसी पिरतीमा फसाएर गयौ।।

तन दियौ मन दियौ बिश्वासैले होला,
छुट्ने बेला फेरि नयन रसाएर गयौ।।

निदाएनन् नयन हरु तिम्रो सम्झनाले,
भेट्ना साथ अँगालोमा कसाएर गयौ।।

भुल्न अती गार्हो भो अतीतका दिनहरु,
यादै यादको फुलझडी टँसाएर गयौ।।

No comments :

Get Widget