Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : जनयुद्धका हतियार प्रचण्डले तस्करलाई बेचे

Monday, 22 April 2013

जनयुद्धका हतियार प्रचण्डले तस्करलाई बेचे


९ वैशाख,काठमाडौ। नेकपा माओवादीका एक नेताले जनयुद्धका क्रममा माओवादीका आधुनिक हतियार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्करलाई बेचेको संगिन आरोप लगाएका छन् । लडाकूका हतियार कन्टेनरमा राख्ने समयमा दर्जनौ हतियार प्रचण्डले लुकाएको ती नेताले खुलासा गरेका छन ।
लुकाइएका हतियार प्रचण्डले तस्करलाई बेचेको सनसनीपूर्ण कुरा सार्वजानिक गर्ने नेता माओवादीले घोषणा गरेको जनसरकारका प्रमुख सन्तोषकुमार बुढा मगर हुन् । ‘राम्रा राम्रा हतियार प्रचण्डले लुकाएका थिए, मगरले भने, 'ती हतियार प्रचण्डले तस्करलाई बेची सके ।’ राम्रा भनिएपनि ती हतियार कुन कुन थिए भन्नेवारे बुढाले खुलाएनन ।
तत्कालीन नेकपा माओवादीले झण्डै ३० हजारको हाराहारीमा लडाकू शिविरमा दर्ता गरेपनि मुस्किलले ३३ सय हतियार बुझाएको थियो । त्यही बेला नै माओवादीले हतियार लुकाएको आशंका गरिएको थियो । त्यती धेरै लडाकूका त्यती थोरै हतियार भएको थाहा भएपछि व्यापक आशंका गरिएको थियो ।
हतियार लुकाएको कुरा ढाकछोप गर्न प्रचण्डले केही हतियार खोलाले बगाएको, केही जलेको बताएका थिए । हतियार खोलाले बगाएको प्रचण्डको भनाईलाई लिएर अखबारहरुले कार्टुन बनाएका थिए, ‘कुखुरी काँ, बासीभात खाँ, खोइ हतियार, खोलाले बगायो, खोइ खोला सुक्र्यो’ भन्ने कविता सहित ।prachanda and santosh budhamagarप्रचण्डसँग सन्तोष बुढा मगरको दोस्ती पुरानै
देशका विभिन्न ठाउमा सेनाका क्याम्प कव्जा गर्दा लुटिएका हतियार राष्टसंघको प्रमाणिकरणको समयमा नभेटिएपछि सेनाले समेत हतियार हराएको आशंका गरेको थियो । सात बर्षपछि माओवादीका प्रभावशाली नेताले हतियार लुकाइएको सनसनीपूर्ण खुलासा गरेका हुन् ।
लड्न परे अमेरिकाले दिन्छ हतियार
त्यसरी लुकाइएका हतियार आफूहरुसँग भने नरहेको बुढाले दावी गरे । उनले भने, ‘पुराना हतियार त काम नलाग्ने भइसके, फेरी लड्न परे अमेरिकाले दिइहाल्छ नि नयाँ हतियार ।’ अमेरिकाले हतियार दिन्छ भन्ने कुरा उनले यति सहजै भनेकि, मानौँ हतियार दिने कुरा म्याद गुज्रेको पुरानो चामल नि:शुल्क बाँडे जस्तै हो।
तत्काल युद्धको मनस्थिती नभएपनि, जनताको अधिकारमाथी खेलवाड गरिए त्यो संभावना टाढा नरहेको बुढाले बताए । ‘जनबिद्रोहमा जाने पार्टीको घोषित नीति नै हो, कहिले जाने भन्ने मात्र बहसको बिषय हो, जनयुद्धमा गए हतियारको समस्या छैन, अमेरिकाले पठाइदिन्छ आधुनिक हतियार ।’

No comments :

Get Widget