Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : दक्षिण अफ्रिकामा हिराखानीबाट दुर्लभ हिरा निकालियो

Monday, 22 April 2013

दक्षिण अफ्रिकामा हिराखानीबाट दुर्लभ हिरा निकालियो

९ वैशाख, काठमाण्डौं । दक्षिण अफ्रिकाको एक हिराखानीबाट दुर्लभ हिरा निकालिएको छ । २५.५ क्यारेटको उक्त हिराको रंग नीलो छ । कुलीनन माइन्सबाट यसलाई निकालेको कम्पनी पेट्रा डायमण्ड्सले ठूलो नाफाको अपेक्षा गरेको छ ।

नीलो रंगको हिरा निकै दुर्लभ हुने र यसको मूल्य झण्डै ८५ करोड रुपैयाँ पर्ने जानकारहरु बताउँछन् । प्रिटोरिया प्रान्तको उत्तरपूर्वमा रहेको कुलीननबाट यसअघि निकालिएका हिरा पनि निकै महंगोमा बिक्री भएका थियो । त्यहाँबाट सन् २००९ मा २६.६ क्यारेटको हिरा निकालिएको थियो ।
बोत्स्वाना र तान्जनिया जस्ता ठाउँमा कारबार गर्ने पेट्राले ठूला खरिदकर्ताहरुले यसलाई निकै रुचाउने अपेक्षा गरेको छ । कुलीननबाट गत वर्ष निकालिएको हिरा ९० करोडभन्दा बढीमा बिक्री भएको थियो । सन् १९०५ मा कुलीननको खानीबाट निकालिएको ५ सय ३० क्यारेटको हिरा ‘स्टार अफ अफ्रिका’ किङ एडवर्ड सातौंलाई उपहार दिइएको थियो ।

No comments :

Get Widget