Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : युद्ध गरे एक हप्तामै सखाप हुन्छ उत्तर कोरिया'

Monday, 22 April 2013

युद्ध गरे एक हप्तामै सखाप हुन्छ उत्तर कोरिया'

९ बैशाख, एजेन्सी । अहिले उत्तर कोरियाको निकै चर्चा छ । अमेरिका र दक्षिण कोरियालाई युद्धका लागी लल्कारेपछि त झन् उत्तर कोरियाको चर्चा निकै चुलिएको छ । 
युवा नेता राष्ट्रपति बनेपछी उत्तर कोरियाले के गर्छ भन्ने कुरा अनुमान लगाउन समेत अन्य मुलुकलाई हम्मेहम्मे परेको छ । यस्तो चर्चाका बीच उत्तर कोरियाको विभिन्न विषयमा चर्चा हुनु स्वभाविक पनि हो । 
यसै सन्दर्भमा उत्तर कोरियाका पूर्व शासक किम जुन इलले के-के खान्थे भन्ने विषयमा समेत चर्चा चलेको छ । किम जुन इलको समयमा सेफको रूपमा काम गरेका एक व्यक्तिले इलले विषेशगरी सर्प, जलगैडा र माकुरा खान रूचाउने बताएका छन् । एलका लागी खाना बनाउने गरेका सेफ केन्जी फुजिमोटोले आफुले उनलाई सर्प, जलगैडा र माकुराको परिकार बनाएर खुवाएको दावी गरेका छन् । 
उनले जलगैडा कुखुराजस्तै मिठो हुने बताएका छन् । उनले एलले ती खानासँगै बोर्डेअक्स नामको वाइन पनि खुब मनपराउने र जोनी वाल्कर विस्की र कोग्नाक समेत उनले मन पराउने पेयपदार्थ भएको बताएका छन् । 
ती सेफ केन्जी तथा उनका परिवारलाई शरिरमा पर्फ्युम लगाउन समेत प्रतिबन्ध गरेका थिए । एललाई पर्फ्युमको गन्ध मन नपर्ने भएका कारण उनीहरूलाई पनि पर्फ्युम प्रयोग गर्न प्रतिबन्ध लगाइएको थियो । 
केन्जीले अहिलेको अवस्थामा उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग युद्ध गरे एक हप्तामा सखाप हुने बताएका छन् । उनी नयाँ शासक किम जोन उनसँग फेरी सम्बन्ध कायम गर्नका लागी अघिल्लो वर्ष उत्तर कोरिया पुगेका थिए । उनले अहिले जसरी उनले आफ्नो देशलाई युद्ध गर्ने घोषणा गरिरहेका छन्, यो अवस्थामा युद्ध भए एक हप्तामा उत्तर कोरिया समाप्त हुने बताएका छन् ।

No comments :

Get Widget