Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : प्रचण्डको कार्यक्रममा बम राख्न खोज्ने ४ पक्राउ

Monday, 22 April 2013

प्रचण्डको कार्यक्रममा बम राख्न खोज्ने ४ पक्राउ

कमल बि. सी.
९ बैशाख, बर्दिया । नेपालगञ्ज-गुलरिया सडक खण्ड अन्तर्गत बर्दियाको मानखोला पुलमा बम राख्न खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राती बाल्टिन बम लिएर गइरहेका उनीहरुलाई बम, हतियार, विभिन्न पर्चा रसिद र विष्फोटक पदार्थसहित पक्राउ गरि प्रहरीले सोमबार गुलरियामा सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बर्दिया कालिका-१ बोगटीयाका बिर्खवहादुर थापा र हरिवहाखुर सुनार, सोरहवा- ५ का कल्लु थारु र दलवहादुर गन्धर्ब रहेको बर्दिया प्रहरी प्रमुख सुरेश बिक्रम शाहले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट ५ किलोको बाल्टिन बम, एउटा कटुवा पेस्तोल, २ वटा गोली, सोडा ३ किलो, गन्दक आधा किलो, चक्क १ थान, बरामद भएको छ । उनीहरुको साथबाट नेकपा-माओवादी क्रान्तिकारी लेखिएको परिचय पत्र, ठेली रसिद र बिभिन्न कागजपत्र समेत भेटिएको छ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतृत्व सुदुरपश्चिम ब्युरोले आयोजना गरेको आमसभामा बर्दियाको गुलरीया आउने कार्यक्रम रहेकाले उनीहरुले कार्यक्रमलाई विथोल्ने गरि बम राख्ने तयारी गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

No comments :

Get Widget