Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : देस निकाला

Monday, 22 April 2013

देस निकाला

रियाद, ८ वैशाख- साउदी अरबमा तीनजना ‘ह्यान्डसम’ पुरुषलाई देश निकालाको फैसला सुनाइएको छ । उनीहरू निकै ह्यान्डसम भएकाले महिलाहरू उनीहरूप्रति आकर्षित भएको भन्दै उनीहरूलाई देश निकाला गर्न लागिएको हो । यहाँका धार्मिक संस्थाहरूको दबाबपछि यो फैसला सुनाइएको हो ।यी तीन पुरुष रियादमा चलिरहेको वार्षिक सांस्कृतिक पर्वमा भाग लिन संयुक्त अरब इमिरेट्सबाट आएका हुन् । त्यही बेला धार्मिक प्रहरी त्यहाँ घुसेर उनीहरूलाई जबर्जस्ती समारोहबाट बाहिर निकालिएको थियो । उनीहरू केही समय मात्र पनि त्यहाँ बसे उनीहरूको सुन्दरताबाट प्रभावित भएर महिलाहरू उनीहरूप्रति आकर्षित हुने खतरा थियो । र, यसै कारण उनीहरूलाई बाहिर पठाइयो । अरबी भाषामा छापिएको एउटा समाचारका अनुसार यो उत्सवका एक अधिकारीले उनीहरू चाहिनेभन्दा बढी ह्यान्डसम भएका कारण हटाइएको हो । उनीहरूसँग महिलाको प्रेम हुने डरले धार्मिक संस्थाहरू यस्तो निर्णय लिएका हुन् । अहिले भने उनीहरू सबै अबुधाबीमा पु-याइएका छन् । यो घटनालाई लिएर यूएईले एउटा वक्तव्य जारी गरेको छ जसमा उनीहरूलाई निकाला गर्नुको कारण उल्लेख छ । साउदी अरबमा महिलाले परपुरुषसँग उठबस गर्न पाइँदैन । संसारमा साउदी अरब मात्र त्यस्तो मुलुक हो जहाँका महिलाले सवारी हाक्नसमेत पाइँदैन ।

No comments :

Get Widget