Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बाघले क्यामरा चोरीदिएपछी...(फोटोफिचर)

Sunday, 28 April 2013

बाघले क्यामरा चोरीदिएपछी...(फोटोफिचर)


तपाईको क्यामेरा कतै खस्यो र जब त्यो क्यामरा लिन जानु भयो त्यहाँ एउटा बाघले उक्त क्यामरा खेलाइरहेको देखे तपाई के गर्नुहुन्छ । सायद टुलुटुलु हेर्नु बाहेक अरू केही गर्ने साहस तपाईले गर्नुहुन्न ।
यस्तै समस्यामा परेका छन् एक जोडि । भारतको ताडिबा आन्धारी बाघ संरक्षण क्षेत्रमा घुम्न निस्केका एक जोडीको क्यामरा बाघले लगिदिएपछी उनीहरू टुलुटुलु हेर्न बाध्य भएका छन् ।
खतरनाक जनावरहरू हेर्ने र तिनको तस्विर आफ्नो क्यामरामा कैद गर्ने उत्साह लिएर संरक्षण क्षेत्रमा पुगेका ती जोडीले क्यामरामा आफूले चाहेको दृश्य कैद गर्न पाएनन् । जीपमा यात्रा गर्ने क्रममा उनीहरूको झोला खस्न पुगेको थियो तर, आफ्नो झोला जीपबाट खसेको कुरा पनि केही बेर पछि मात्र उनीहरुले थाहा पाए ।
जब क्यामरा लिनका लागी उनीहरू आएको बाटो फर्के उनीहरू झोला देखेर खुसी हुनुको साटो दु:खी हुन पुगे । कारण थियो, उक्त झोलामा एक बाघले आफ्ना पञ्जाहरू नचाइरहेको थियो । बाघले उक्त झोलालाई ओल्टाइ पोल्टाई गरी हेरिरहेको थियो । उक्त झोलामा के छ भन्ने कुरा त्यो बाघ जान्न चाहन्थ्यो सायद त्यसैले पनि उसले सुघ्ने र ओल्टाइपोल्टाई गर्ने गरिरहेको थियो ।
केहीबेर ओल्टाईपोल्टाई गरेपछी बाघले उक्त झोला आफूसँगै लग्यो । जोडी निकै चिन्तित हुँदै फर्क्यो । यो घटनालाई उनीहरुसँगै रहेका फोटोग्राफर दिपान्कर मजुम्दरले आफ्नो क्यामेरामा कैद गरेका थिए ।
भोलीपल्ट त्यो जोडीले झोला खसेको स्थान नजिक नै आफ्नो क्यामराको झोला फेला पार्यो । उक्त क्यामराको झोला केही पनि नबिग्रेको र सामान पनि केही नभएको अवस्थामा पाएर जोडी खुसी त भयो तर बाघलाई त्यति नजिकबाट नियाल्न पाउँदाका ती क्षण कैद गर्न नपाउँदा भने दु:खी भएको थियो ।
हेरौ बाघले क्यामारा चोरेको क्षणको केही दृश्यहरू...
tiger stole camara of the couple tiger stole camara of the couple tiger stole camara of the couple tiger stole camara of the couple tiger stole camara of the couple tiger stole camara of the couple

No comments :

Get Widget