१५ बैशाख, काठमाडौ । नेपालले आजदेखी बर्मुडामा विश्वकप छनोटको डिभीजन ३ प्रतियोगितामा आफ्नो दावेदारी प्रस्तुत गर्दैछ । पछील्ला खेलहरूमा नेपालले गरिरहेको प्रगती हेर्दा र इतिहास खोतल्दा लाग्छ नेपाल डिभिजन ३ प्रतियोगिताको विजेता बन्नेछ । 
हो, नेपाल डिभीजन ३ को विजेता । सुन्दा पनि रोमाञ्चक लाग्ने शब्द हो विजेता र यो सम्भव पनि छ नेपालका लागी । नेपालसँग उक्त समूहमा रहेका हरेक टोलीभन्दा नेपाल बलियो देखीन्छ । विगतमा प्रतियोगिताका आकँडालाई हे्र्ने हो भने नेपालको जीत सम्भव छ डिभीजन २ मा पुग्ने र विश्वकपमा छनोट हुने सम्भावना निकै बलियो छ । पछिल्लो खेलहरूमा नेपाली टोलीले देखाएको खेलको स्तर र अन्य टोलीको स्तरलाई हे्र्ने हो भने नेपाल ती देशहरूमाथी धेरै नै हावी हुने देखिएको छ ।
सन् २००५ विश्वकपमा पुग्ने सजिलो बाटोलाई आफ्नो हातमा पार्न नसक्दा नेपालको विश्वकप खेल्ने सपना करीब १० वर्षपछी धकेलिएको छ । ठूला प्रतियोगितामा नेपालले गर्ने निराशाजनक प्रदर्शनका कारण नेपाली टोलीले अहिले पनि निकै सजग हुनुपर्ने छ । नेपाली ठुलो सबैभन्दा ठूलो कमजोरी भनेको नै ठूला प्रतियोगितामा सहजतापूर्वक र आफ्नो लयको खेल प्रदर्शन नगर्नु नै हो ।
नेपालका अहिलेका प्रतिष्पर्धी भनेका नेपालका लागी सहज प्रतिष्पर्धी हुन् । नेपालले यी टोलीहरूसँग निकै कम खेलहरूमा मात्र पराजय बेहोरेको छ । नेपालको जीतको सम्भावना बलिया हुनुका कारणलाई प्रत्येक देशसँगको खेललाई यसरी विश्लेषण गर्न सकिन्छ ।
अमेरिका: नेपालले आफ्नो पहिलो खेल आज साँझ नेपाली समयानुसार सवा ७ बजदेखी खेल्दैछ । अमेरिकाको नेपालको पछिल्लो चरणको प्रमुख प्रतिष्पर्धी हो । नेपालले पछिल्लो खेलमा अमेरिकालाई पराजित गरेर नै डिभीजन ३ मा विजेताका रूपमा डिभिजन ४ बाट बढुवा भएको हो । नेपालले अहिलेसम्म अमेरिकासँग ७ वटा खेल खेलेको छ जसमा नेपालले ४ वटा खेलमा विजय प्राप्त गरेको छ भने २ खेलमा पराजय बेहोरेको छ र एक खेल नतिजाबिहिन भएको थियो । नेपालले अमेरिकासँग पछिल्ला दुई खेल डिभीजन ४ मा खेलेको थियो । नेपालले लिग चरणमा अमेरिकालाई ३२ रनले पराजित गरेको थियो भने फाइनल खेलमा ५ विकेटले पराजित गरेको थियो । यस हिसाबले पनि नेपाल अमेरिका भन्दा बलियो देखिन्छ ।
युगाण्डा: नेपालले आफ्नो दोस्रो खेल १६ बैशाख अर्थात् सोमबार खेल्नेछ । नेपाली सिनियर टोलीका लागी युगान्डा नयाँ प्रतिद्धन्दी हो । उच्च स्तरका प्रतियोगिता खेलिरहने टोली भएकोले नेपालभन्दा युगाण्डा केही बलियो मानिन्छ तर उसका पछील्ला खेलहरुलाई हेर्ने हो भने उसको प्रदर्शन खस्कँदो छ भने नेपालको स्तर सुधार हुँदै गएको छ । यता युगाण्डामाथि यु-१९ मा भने नेपालले सन् २००४ र सन् २००६ मा भएको खेलहरूमा पराजित गरेको थियो । यसरी हिसाब गर्दा त्यतिबेला यु-१९मा खेलेका नेपाली र युगाण्डाका केही खेलाडीहरू अहिले राष्ट्रिय टिममा पनि छन् । त्यो हुँदा उनीहरूसँग एकै स्तरको खेल खेल्न सकिने छ । नेपालको स्पिन बलिङ युगाण्डाका लागी टाउको दुखाई मुख्य कारण हुनेछ भने नेपालले पनि स्पिनकै सहयोगमा युगाण्डालाई पराजित गर्ने आशा गर्न सकिन्छ ।
बर्मुडा: नेपालले डिभिजन ३ को आयोजक बर्मुडासँग आगामी बैशाख १८ गते प्रतिष्पर्धा गर्नेछ । आयोजकका हिसाबले बर्मुडाले नेपाललाई केही दवावमा राख्नेछ भने विश्कप खेलिसकेको राष्ट्र भएकाले पनि नेपाललाई बर्मुडा सहज प्रतिद्धन्दी भने हुने छैन् तर बर्मुडाको खेल स्तर खस्कँदै गएका कारण नेपालले बर्मुडामाथी जित हासिल गर्न सक्ने सम्भावना भने जिवित नै छ। ट्वान्टी-२० विश्वकप छनोट चरणमा २४ ले पराजित गरेको अनुभव बाहेक अन्य खेलमा बर्मुडासँग अनुभव लिन पाएको छैन् । त्यसैले पनि नेपालले बर्मुडालाई कम आँक्न भने हुँदैन । पछिल्लो समय आफ्नो खेल स्तरलाई कमजोर बनाएका कारण पनि नेपालले जित हात पार्न सक्ने सम्भावना बलियो छ ।
इटाली: नेपालले इटालीलाई राम्रोसँग चिनेको छ र अहिलेसम्म भएका एक खेल पनि नेपालले गुमाएको छैन । यस इतिहासले पनि के भन्छ भने नेपाल इटालीभन्दा राम्रो टोली हो र यस प्रतियोगितामा पनि नेपाल नै हावी हुनेछ । नेपालले सन् २००५ मा भएको खेलमा शक्ति गौचनको शतकको मद्धतले ८८ रनले पराजित गरेको थियो भने पछील्लो पटक सन् २०१० मा डिभिजन ४ को खेलमा ५ विकेटको सहज जित हात पारेको थियो ।
ओमान: नेपालको सबैभन्दा ठूलो प्रतिद्धन्दीका रूपमा ओमान रहनेछ । नेपालसँग ओमानले एकदिवसीय खेलमा अहिलेसम्म पराजय बेहोरेको छैन् । त्यसैले पनि ओमानले नेपालप्रति दवाव कायम गर्न सक्छ तर उसको पनि पछिल्लो समयमा खेल खस्केको क्रिकेट विश्लेषकहरूको भनाई छ । त्यसैले पनि नेपालले जित निकाल्न सक्छ भन्ने आश नेपाली टोलीलाई छ भने नेपाली जनता नेपालको विजयको उपेक्षा गरिरहेका छन् ।
यसरी सरसरती हेर्दा नेपालको डिभीजन २ यात्रा त्यति सारो कठिन छैन् । अहिलेको नेपाली टोलीको फर्मलाई निरन्तरता दिन सके नेपाली टोलीले अवस्य पनि विजय हात पार्ने छ । अन्य टोलीभन्दा नेपाली टोली अहिले निकै फर्म रहेको देखिएकाले पनि नेपाली टोलीको मनोबल निकै बढेको छ र नेपाली टोलीका कप्तान पारस खडका भन्छन्, 'हाम्रो टिम अहिले फर्ममा छ र पछिल्ला प्रतियोगिताको नतिजाले सो कुरा पुष्टी पनि गरिसकेको छ । ' आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने भन्दै उनले भने, 'हामीलाई यो प्रतियोगिताको महत्व राम्रोसँग थाहा छ र यो अवसर हामी गुमाउने छैनौ ।'
यस्तै, प्रशिक्षक पुबुदु दासानायकेले पनि नेपालले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने आशा राखेका छन् । उनका अनुसार बर्मुडाको पिचहरू स्पिनलाई मद्धत गर्ने खालको भएका कारण पनि नेपाल प्रतियोगिताको दावेदार भएको टोली भएको बताएका छन् । उनले भने, 'नेपालको प्रतियोगितामा राम्रो सम्भावना छ । बर्मुडाको पिचले स्पिनलाई सहयोग गर्ने भएका कारण नेपालले राम्रो प्रदर्शन गर्नेछ ।'

No comments :
Post a Comment