१५ बैशाख, काठमाडौ । नेपाली सेनाले माओवादी लडाकुको दर्जा निर्धारण गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ती जारी गर्दै लडाकुको समायोजन खाका सार्वजनिक गरेको हो ।
नेपाली सेनाको विभिन्न तालिम केन्द्रहरूमा तालिमरत पूर्व माओवादी लडाकुहरूको दर्जा निर्धारण गरिएको हो । नेपाली सेनाले ७१ जनालाई अधिकृत तहमा र बाँकी १३७३ जनालाई पदिक तथा अन्य दर्जामा समायोजन गर्ने व्यवस्था मिलाएको विज्ञप्तिमा जनाएको छ ।
'विशेष समितिको सिफारिस अनुसार अनमिनको प्रमाणित तह र प्रवेश मिति अनुसार (नागरिकताको प्रमाण पत्रको कारण प्रवेश मिति संशोधन गरेको भए सोही अनुसार) समायोजनामा जाने हरेक पूर्व लडाकुहरुको तह अनुसार जेष्ठताक्रम निर्धारण गर्ने र विभिन्न निर्णायहरुले निर्दिष्ट गरे बमोजिम समायोजनमा सम्मिलित तालीमरत पूर्व माओवादी लडाकुहरुको दर्जा निर्धारण गरिएको छ,' सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तीमा भनिएको छ, 'सकलदर्जाले आधारभूत तालीम सफलतापूर्वक सम्पन्न गरे पश्चात ब्रिजिङ कोर्समा समावेश गरिने छ ।'

No comments :
Post a Comment