Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ज्ञानेन्द्रले कमल थापालाई भने–‘राजतन्त्रको नाम भजाएर चुनाव नलडनु’

Sunday, 28 April 2013

ज्ञानेन्द्रले कमल थापालाई भने–‘राजतन्त्रको नाम भजाएर चुनाव नलडनु’


१५ वैशाख,काठमाडौ। पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी निर्वाचनमा राजतन्त्रको एजेण्डा नबोक्न राष्टिय प्रजातन्त्र पार्टी (नेपाल)लाइ सन्देश पठाएका छन । ज्ञानेन्द्रको आग्रहपछि राजावादीको पहिचान बनाएको राप्रपा नेपाललाइ चुनावमा अफ्टयारो पर्ने देखिएको छ ।
आफ्ना व्यापारिक पार्टनर प्रभाकर शम्शेर राणा मार्फत ज्ञानेन्द्रले राजतन्त्र पुनस्थापनाको मुद्दा लिएर चुनाव नलड्न राप्रपा नेपालका अध्यक्ष कमल थापालाइ सन्देश पठाएका हुन । यद्यपी ज्ञानेन्द्रले थापाको कदमप्रति खुसी व्यक्त भने गरेकाथिए ।
‘कालान्तरतमा राजतन्त्र पुनस्थापित हुन्छ भन्नेमा हामीलाइ कुनै सन्देह छैन, प्रभाकर शम्शेर राणा मार्फत ज्ञानेन्द्रले भनेका छन–चुनावमा तपाइको पार्टीले थोरै भोट ल्यायो राजतन्त्र प्रति अन्तराष्टिय धारणामा परिवर्तन आउन सक्छ ।’
आगामी निर्वाचनमा राप्रपा नेपालको पक्षमा पाँच प्रतिसत मत आउने अनुमान सहित ज्ञानेन्द्रले भनेका छन–‘राजतन्त्रको पक्षमा पाँच प्रतिसत मात्र जनता रहेछन भन्ने गलत सन्देश जानसक्ने भएकोले अन्य एजेण्डालाइ उठाउनु मनासिव होला ।’
राप्रपा नेपालले भने उक्त कुराको खण्डन गरेको छ–‘हामीलाइ राजतन्त्रको मुद्दा छाड्नु भन्ने कुनै दवाव छैन, राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले भने–हाम्रो पक्षमा जनलहर देखिएपछि गरिएको अनर्गल प्रचार हो ।’
ज्ञानेन्द्रको सन्देशपछि राप्रपा नेपालले राजतन्त्र पुनस्थापनाको भन्दा हिन्दु धर्म सापेक्ष राज्यको मुद्दालाइ आगामी निर्वाचनमा चर्काउने भएको छ । ‘राजतन्त्रको पुनस्थापना र हिन्दु धर्म सापेक्ष मुलुक नेपालीको मन मस्तिस्कमा बसिकेको हुरा हामीले छाडने कुरा आउदैन, यो हाम्रो पहिचान भइसक्यो, गुरुङले भने ।’
छोरा पारसको उपचारका लागि थाइल्याण्ड जानु पहिले राजपा सहध्यक्ष डा प्रकाशचन्द्र लोहनी संगको भेटमा पनि पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्रलाइ कसैले ‘चुनावी मसला’ बनाउन नहुने बताएका थिए ।

No comments :

Get Widget