
१५ वैशाख,काठमाडौ। चुनावको पूर्वसन्ध्यामा आफ्ना कार्यकर्ता एकीकृत माओवादीमा प्रवेश गर्ने क्रम नरोकिएपछि असन्तुष्ट कार्यकर्ताको माग संवोधन गर्न नेकपा एमालेको पोलिटव्युरो बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा आइतवार विहान ११ बजे बस्ने बैठकमा चुनावी रणनीतिवारे छलफल हुने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए ।
असन्तुष्ट कार्यकर्ता समूह बनाएर माओवादी प्रवेश गर्ने लहर बढेपछि एमालेले संभावित 'पहिरो' रोक्न तार जाली लगाउने सुर सार गरेको हो । पछिल्लो तराइका प्रभावशाली नेता रामचन्द्र झा र पार्टीलाइ ठूलो धनरासीको चन्दा दिने लक्की शेर्पासंगै काठमाण्डौ जिल्ला कमिटिका पूर्व अध्यक्ष गोविन्द अधिकारी समेत माओवादी प्रवेश गरिसकेका छन ।यसैगरि अन्य थुप्रै मधेका र जनजाती नेता एमाओवादी छिर्न सुइकों आएको एमाले नेतृत्व त्राहीमाम देखिएको छ ।
गतसाता बर्दियामा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले एमालेका १० हजार कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्न लागेको बताएका थिए । प्रचण्डको भनाइपछि बल्खुको सातो गएको थाहा भएको छ । प्रचण्डले एमाले सिद्धिए भने भन्दा पनि उनको भनाईको नियतबाट एमालेमा सानोतिनो भुँइचालो नै गएको हो ।
पार्टीवाट जनजाती मुलका नेता कार्यकर्ताको बिउ मासिनै लाग्दा पनि बाकी रहेकालाइ समेत एमाले नेताहरुले शंकाको दृष्टिले हेरेपछि उनिहरु माओवादीमा जाउ कि बसौ भन्ने अबस्थामा पुगेका छन । कार्यकर्ताको संभावित पहिरो रोक्न महासचिव इश्वर पोखेरल लगायत नेताहरु सक्रिय बनेका छन ।
No comments :
Post a Comment