Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : प्रेमीकालाई बचाउन खोज्दा आफ्नो ज्यान पनि गुमाए एक प्रेमीले

Sunday, 28 April 2013

प्रेमीकालाई बचाउन खोज्दा आफ्नो ज्यान पनि गुमाए एक प्रेमीले


१५ बैशाख, एजेन्सी । हामीले प्रेमी-प्रेमीकाको विषयमा समय-समयमा अनौठा र सुन्न लायक समाचारहरू सुन्ने गरेकै छौ । प्रेमी-प्रेमीकाले एक-अर्काका लागि गरेका त्याग बेला-बेलामा सबैतिर चर्चाको विषय बन्ने गर्छ । 
यस्तै चर्चाको विषय बनेको छ, एक प्रेमीको बारेमा । आफ्नी प्रेमीकालाई आत्महत्याबाट जोगाउन खोज्दा ज्यान गुमाउन पुगेका छन् भने प्रेमीकाको समेत ज्यान गएको छ । प्रेमीका रेलको लिगमा पुगेर आत्महत्या गर्न खोज्दा प्रेमीले उनलाई बचाउने क्रममा उनीपनि सोही रेलको ठक्करले मारिएका छन् । 
भारतको जालान्धरमा राघव नामका एक प्रेमीले प्रेमीका मनजोतको ज्यान जोगाउन खोज्दा आफ्नो ज्यान गुमाउन पुगेका छन् । प्रेमीका मनजोतलाई रेलले सयौ मिटर टाढा पुर्याएको छाडेको थियो भने राघवलाई भने त्यही नजिकै ठक्कर दिएर फ्याकिदिएको थियो । 
यता, राघव र मनजोतका परिवारले यसलाई आत्महत्या भएको बताएका छन् ।
sucide by lovers

No comments :

Get Widget