Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बबरमहलमा बिहानै टेम्पो पल्टियो; छ घाइते, एक गम्भीर,

Friday, 5 April 2013

बबरमहलमा बिहानै टेम्पो पल्टियो; छ घाइते, एक गम्भीर,

 

काठमाडौँ, चैत २३ - बबरमहलमा आज बिहानै टेम्पो दुर्घटना हुँदा ६ यात्रु घाइते भएका छन् जसमध्ये एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। आज बिहान पौने ७ बजे बानेश्वरबाट माइतिघर तर्फ आउदै गरेको बा १ह ३५ ४१ नम्बरको टेम्पो अनियन्त्रित भई पल्टँदा टेम्पोमा सवार ६ जना यात्रु घाइते भएका हुन्।

घाइते मध्ये भिमसेन गोलाकी ४२ वर्षीया निरा घिमीरेको अवस्था गम्भीर रहेकाले नर्भिक अस्पताल थापाथलि मा उपचार भइरहेको छ।

सहचालकले चलाएको सो टेम्पोका चालक र सहचालकलाई ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ।

No comments :

Get Widget