Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : संसारकै सबैभन्दा छिटो कुद्ने इलेक्ट्रिक कार यस्तो..(तस्विरसहित)

Friday, 5 April 2013

संसारकै सबैभन्दा छिटो कुद्ने इलेक्ट्रिक कार यस्तो..(तस्विरसहित)


विश्वको सबैभन्दा तिव्र गतिको इलेक्ट्रिक कारको निर्माण गरिएको छ । भर्खरै निर्माण सम्पन्न भएको इलेक्ट्रिक कार १ सय ५५ माइल प्रतिघण्टा (अर्थात् २ सय ५६ किलोमिटर प्रतिघण्टाका) दरले यात्रा गर्न सक्ने बताइएको छ । उक्त कारलाई एक पटक चार्ज गरेपछी त्यसले करिब १ सय ९० माइलको यात्रा गर्न सक्छ । उक्त कारको ब्याट्रिलाई चार्ज गर्नका लागि करिब ४.३ घण्टा लाग्ने गर्छ ।
टेल्सा रोडस्टार नामको कम्पनीले बजारमा ल्याएको उक्त कारले करिब ३.७ सेकेण्डमा करिब ६२ माइल सम्मको दूरी तय गरेको थियो । यो कार विषेश गरी खेलका लागी तयार गरिएको बताइएको छ । करिब पाँच वर्ष अगाडि स्थापना गरिएको कम्पनीका प्रमुखहरुले यस्तो खालको कारको निर्माण गर्ने सोच ल्याएका थिए र त्यसलाई मूर्त रूप दिने गरी यो कारको निर्माण भएको हो । यो कारको मूल्य ९० हजार पाउण्डदेखी १ लाख ३५ हजार पाउण्डसम्म पर्ने बताइएको छ । 
हेरौ विश्वकै सबैभन्दा तिव्र गतिमा गुड्ने इलेक्ट्रिक कारका केहि तस्विरहरू...
Worlds-fastest-electric-car-revealed Worlds-fastest-electric-car-revealed Worlds-fastest-electric-car-revealed Worlds-fastest-electric-car-revealed

No comments :

Get Widget