३ चैत,काठमाडौ।दुइ कोरियाली देशहरुबिच यु्द्धको संभावनाले संसार त्रसित छ । उत्तर कोरियाले आफ्नो सैनिक तयारी अवस्थामा राख्नुका साथै परमाणु हतियार प्रयोग गर्ने अनमति समेत दिइ सक्यो। अमेरिकीले आफ्नो मित्र राष्ट्र दक्षिण कोरियालाई सघाउन लडाकु विमान पनि कोरियाबाट पठाइसकेको छ। युद्धको संभावनका बारेमा इन्कार गर्न सजिलो छैन्। तर दक्षिण कोरिया को सोलमा रहेको  नेपाली दुतावासले आफैले युद्ध रोकेझै दुइ कोरियाबिच युद्धै नहुने दावी गरिदिएको छ। सोलमा रहेको नेपाली दुतावासले उत्तर र दक्षिणविच युद्ध तत्कालै हुँदै हुदैन भन्ने शैलीमा विज्ञप्ती निकालेको छ।
दुतवासले शुक्रवार जारी गरेको विज्ञप्तीमा दक्षिण कोरियाली नागरिकहरुको जनजीवन सुचारु रुपले सञ्चालन भइरहेकाले नेपाली समुदायपनि त्रसित हुन जुरुरी नभएको जनाएको छ। युद्ध हुनु भन्दा अघि जनजीवन यसै सुचारु हुन्छ नी ।
दूतावासले बिशेष सूचनामार्फत् प्राप्त जानकारी अनुसार युद्धको स्थिति नरहेको जानकारी गराएको छ। अमेरिका देखि कोरियाली मुलुकलाई नै थाहा नभएको यो विशेष सुचना कस्ले लियो दुतावासलाई ? कसरी ठोकुवा गर्न सक्छ नेपाली दुतावासले युद्ध हुन्छ की हुन्न भनेर ?
दुतावासले परिस्थितिको मुल्याङकन गरेर जानकारी दिने पनि विज्ञप्तीमा उल्लेख गरेको छ।
दुतावासको यस्तो विज्ञप्तीप्रति कोरियामा रहेका नेपालीहरुले प्रश्न उठाएका छन् ।

No comments :
Post a Comment