३० चैत, काठमाडौ । नेपाली नयाँ वर्षको उपलक्ष्यमा अमेरिकाले पनि नेपाललाई नयाँ वर्षको शुभकामना दिएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले एक विज्ञप्ति जारी गर्दै नेपाली नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रपति बाराक ओबामा तथा अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई नयाँ वर्षको हार्दिक शूभकामना दिन चाहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ,'नयाँ बर्षले सफल निर्वाचन र संविधान दिने विश्वास लिएका छौं । नयाँ बर्षमा पनि नेपाली जनतासँग बलियो सम्बन्ध कायम रहनेमा विश्वस्त छौं ।'
विज्ञप्तिमा नयाँ वर्ष नेपालमा राष्ट्रिय एकता र सद्भावना मनाउने तथा संसारभरिका नेपाली पृष्ठभूमिका मानिसका लागि नयाँ शुरूवात र सम्भावनाहरूको चिन्तन गर्ने अवसर पनि भएको उल्लेख गरिएको छ । नेपालको अटल मित्रको नाताले अमेरिका आउँदो वर्षमा निर्वाचन सफलताका साथ सम्पन्न हुनेछ र नयाँ संविधान लेखनको कार्य पूरा हुनेछ भन्ने आशा र विश्वास लिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचन र संविधानले सम्पूर्ण देशलाई सम्पन्नता र प्रगतिको मार्गमा राख्नेछ, अमेरिकाको आशा छ ।

No comments :
Post a Comment