बेपत्ता भएको डेढ महिनापछि युवाको शव फेला
एनपि न्यूज डटनेट) ३० चैत- घरबाट बेबत्ता भएको झण्डै डेढ महिनापछि गुल्मी सिर्सेनीका एक युवाको शव आज मरभुङ्गमा फेला परेको छ । सिर्सेनी गाविस वडा नम्वर १ भुजुङ्ग गाउँ निबासी २० वर्षिय युवा बसन्त बिश्वकर्माको शव मरभुङ्ग ३ को भ्यागुते भिरदेखि तल क्षत बिच्छेद अवस्थामा सिमलटारी प्रहरीले फेला पारेको हो ।
बसन्त फगुन १२ गतेदेखि घरबाट बेपत्ता भएका थिए । साँझ सम्म घरदेखि तलको सिमलटारी बजारमा देखा परेको बताईएका उनलाई परिवारजनले कतै फेला नपारेपछि स्थानिय सञ्चार माध्यममा सुचना प्रशारण समेत गरेका थिए । बसन्तका बाबु खगेन्द्र बिश्वकर्माले छोरालाई कसैले मारेको हुन सक्नेृ चिन्त ब्यक्त गर्दै आई रहेका थिए । बसन्तको शव टुक्रा टुक्रा अवस्थामा फेला परेको स्थानिय समचार सहयोगी कमल नेपालीले बताए । प्रहरीले अनुसन्धान भई रहेको बताएको छ । स्मरण रहोस केहि महिना अघि मरभुङ्गका पत्रकार चन्दन नेपालीको पनि त्यसै गाविसको अर्को भिरमा शव फेला परेको थियो । उनको समेत रहस्यमय मृत्युको प्रहरीले छानविन गर्न सकेको छैन् ।
गत वर्ष धुर्कोटमा लडेर मरेको भन्ने पारिएको शव भने प्रहरीले कसैले हत्या गरेर फालेको पत्तो लगाएपछि हत्यारालाई यति बेला जेल चलान गरेको छ । बसन्तका परिबार जनले निष्पक्ष छानविनको माग गरेका छन् ।

No comments :
Post a Comment