Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : उत्तर कोरियाले मिसाइल हाने दक्षिण कोरियाले तत्कालै खसाल्ने

Friday, 12 April 2013

उत्तर कोरियाले मिसाइल हाने दक्षिण कोरियाले तत्कालै खसाल्ने

चैत, एजेन्सी । कोरियाली प्रायद्धिपमा भइरहेको तनावका बीच दक्षिण कोरियाले राजधानी सिओलमा दूइ प्याट्रियाट मिसाइल तैनाथ गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार उक्त मिसाइलले ३० किलोमिटरसम्मको दूरीमा आइरहेको अन्य मिसाइललाई खसाल्न सक्छ । 
दक्षिण कोरियासँग प्याट्रियाट एडभान्स क्यापेबिलिट (पिएसी)-२ मिसाइल छ । उसले आफ्नो सबै मुख्य युद्धक ट्यांकलाई सिमा क्षेत्रमा तैनाथ गरिसकेको छ । यसका साथै अमेरिकी सेनाका जवानहरू पनि सिमामा तैनाथ छन् । यसैबिच अमेरिकाले उत्तर कोरियालाई चेतावनी दिएको छ की यदी उत्तर कोरियाले हद नाघे उसले नराम्रो परिमाण भोग्नु पर्नेछ । 
अमेरिका र दक्षिण कोरियालाई के आशंका छ भने उत्तर कोरियाले १५ अप्रिलसम्म मिसाइल हान्न सक्छ । शूक्रबार अमेरिकी सेक्रेटरी अफ स्टेट जोन केरी र नाटो प्रमुख एण्डर्स फाँघ रेसुसेन शीओल आउने कार्यक्रम रहेको छ । दुवै देशले शुक्रबार पनि उत्तर कोरियाले मिसाइल छोड्ने सक्ने सम्भावना रहेको आशंका गरेका छन् । 
यसैबीच, दक्षिण कोरियाले उत्तर कोरियालाई वार्ताका लागी बोलाएको छ । एकिकरण मन्त्री रियु किहल-जे ले दुई देशबीच सामन्जस्य एवं सहयोगको पहिचान गर्नुपर्ने तथा औद्योगिक क्षेत्रमा कार्य बन्द गरेर दुवै देशलाई केही फाइदा नहुने भन्दै वार्ताका लागी आव्हान गरेका छन् ।

No comments :

Get Widget