Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सामसुङले अहिलेसम्मकै सुविधा सम्पन्न मोबाइल ल्याउँदै

Friday, 12 April 2013

सामसुङले अहिलेसम्मकै सुविधा सम्पन्न मोबाइल ल्याउँदै

samsunga mega series1
दक्षिण कोरियाली मोबाइल कम्पनी सामसुङले ग्यालेक्सी मेगा सिरिजका दुई नयाँ स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । एण्ड्रोइडमा आधारित दुई नयाँ स्मार्टफोन ग्यालेक्सी मेगा ६.३ र ग्यालेक्सी मेगा ५.८ सामसुङले बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीका अनुसार मेगा ६.३ अहिलेसम्मकै सबैभन्दा ठुलो अर्थात् सुविधायुक्त स्मार्टफोन हो ।

यी दुवै स्मार्टफोन एण्ड्रोइड ४.२ जेली बिन अपरेटिङ सिस्टममा चल्ने छ तर कम्पनीले अहिलेसम्म यी दुई स्मार्टफोनको मूल्य कति हुने भनेर भने केही बताएको छैन् । यी दुई स्मार्टफोनमा पहिलेका स्मार्ट फोनभन्दा केही नयाँ शानदार फिचरहरू समेत समावेश गरिएको कम्पनीले जनाएको छ । यसमा ग्रुप प्ले नामको एक फिचर छ जसको माध्यमबाट वाई-फाई नेटवर्कमा एउटा कन्टेन्ट एकैपटक ८ जनालाई पठाउन सकिन्छ । स्यामसुङका बजार व्यवस्थापक प्रमुख जेके शिनका अनुसार यी दुवै फोन मे महिनासम्म बजारमा आइसक्नेछन् ।
samsunga mega series1के-के सुविधा छन् ६.३ स्मार्टफोनमा
- ६.३ इन्च, टिएफटी एचडी
- १.७ गीगाहर्ज ड्युअल कोर, १.५ जिबि र्याम
- ८ वा १६ जिबीको मेमोरि, ६४ जिबीको एक्सटर्नल मेमोरी
- २ जी, ३ जी, ४ जी, वाई-फाई, ब्युटुथ ४.०, माइक्रो युएसबी २.० र एनएफसी
- रेयर ८ मेगापिक्सेल क्यामरा र १.९ मेगापिक्सेलको फ्रन्ट इन्ड क्यामेरा


No comments :

Get Widget