Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : एक प्रेम कथा

Friday, 12 April 2013

एक प्रेम कथा


एउटि सारै राम्रि केटि थीईन, जस्लाई देखे पछि मन नपराउने कोहि थीएन! उसको एक गरिब
प्रेमि थीयो जो उसलाई धेरै माया गर्थ्यो,उनिहरु आपसमा खुब माया अनि बिस्वास थीयो जब गरिब
प्रेमि ले भेट मा भन्ने गर्थ्यो सानु तिम्रा सारा रहर त पुरा गर्न सक्दिन तिमि...लाई सुख दिन सक्दिन, महलमा राख्न सक्दिन, मेरो घरको झुपडि मा राख्दा यत्ति राम्र सबैको नजर लाग्छ होला? म तिमिलाई सदै यस्तै माया अनि जिबन भर को खुसि दिन सक्छु? तिमिलाई
त्यो भय पुग्छ? केटि मुस्कुराउथिन अनि पुग्छ भनथिन! एक दिन को कुरा हो त्यो केटि कुनै
धनि केटाको नजर मा परिन केटालाई केटि सारै मन पर्यो उस्ले सदै
उसको पिछा गर्न थाल्यो पगल पन देखाउन थाल्यो म तिमि बिना बाच्न सक्दिन यस्तै यस्तै केटि उस्को बेबहार देखेर हैरान भई तर पनि उस्ले पागल पन देखाउन छोडेन सदै को झनझट
भनदा माया गरछु भनिदिनछु कुरै खतम! केटि ले पनि म माया गर्छु भनिन, जब
उनि धनि केटा संग भेट्न गईन उस्ले हाम्रो पहिलो भेटको उपहार भनेर उनलाई सुनको सिक्रि दियो उनले पनि स्वीकारिन दुबै खुसि का साथ पल बिताय! समय चल्दै गयो यसै
गरि उनि गरिब आफ्नो प्रेमि संग पनि मिल्न जानथीन उनको हर पल्ट
सरिर मा एक न एक नया सामान देखेर प्रेमि ले सोध्यो सानु यस्तो महंगो सामान कस्ले दीयो? सायद
म कहिले दिन सक्दिन होला तिमिलाई! पैसाले सबै थोक किन्न सके पनि सुख
शानति अनि चोखो निनद्रा कहिल्यै किन्न सक्किन, मेरो घर मा खान लाई
ढेडो पाक्छ तर पनि मिठो निनद्रा लाग्छ सपनि देख्नलाई बिस्तारा होईन
निनद्रा चाईनछ! केटि मुस्कुराउथिन मात्र समय बित्यो धनि केटाले
देखायको माया ले गरिबको मायालाई पछाडि पारयो उनले बिस्तारै त्यो पुरानो प्रेमि लाई भेट्न छोडिन।
त्यो धनि केटा संग उनले बिहे गर्ने भईन यो कुरा गरिब केटाले चाल
पायो उस्ले अनतिम पल्ट भेट्छु भनेर बोलायो केटि गईन केटा मुस्कुराउदै भन्यो राम्रो गरेउ तिमिले जिबन जिउनका लागि माया मात्र काफि छैन जुन तिमि मा देख्दै छु। म तिम्रै
खुसि देख्न चाहाने मनछे हु तिमि खुसि हुनु तिमि महलमा बसेर मिठो परिकार खाउलि तर म
झुप्रो मा बसेर ढिडो खायर नै संतोक गर्छु !तिमि मखमलको बिस्तारामा निदाउ
गुनद्रि मा सुतेर नै मिठो सपना देक्छु तिम्रो नया जिबनलाई सुभकामना।
केटाले जाने बेलामा आशु झरयो अनि भन्यो मलाई बिर्से
पनि यो आशुलाई कैले पनि न बिरसनु यो मेरो उपहार हो तिमिलाई गरिब संग हुने यहि एउटा मात्र अमुल्य उपहार हो लैजाउ। केटि केहि बोलिनन गईन उनको बिहे भयो पहिले त राम्रै
थीयो केटाले पनि राम्रै गर्यो दिन बित्दै गयो केटा रक्सि पियर दिनहु
झगडा गर्न थाल्यो त यस्तो उस्तो तेरो पहिलो प्रेमि संग जा यस्तै हुदो न हुदो कुरा गर्दै उस्लाई
पिट्न थाल्यो। दैनिक यस्तै सहनै न सके पछि उनले त्यो घर छोडिन
अनि माईति मा बस्न लागिन अब न उनि संग रुप थीयो न जवानि नै न त ईज्जत नै सबै लुटियको थीयो बल्ल उनलाई पुरानो प्रेमि ले झारेको आशु याद आयो उसको हर कुराको याद
आयो रक्सि खायर दिन रात कुटाई खायर महल मा बस्नु भनदा ढेडो खायर झुप्रो मा मायालुको अंगालो मा निदाउनु जाति रहेछ। उनि रुनथिन जिबन सहनै गरो भयो उनलाई एक दिन मर्छु
भनेर उनि घर छोडेर राति नजिकै को चौतारा मा पासो लगाउन गईन उनि सबै सकेर पासो लगाउन मात्र लागेकि थिईन कसैले सानु भनेर बोलायो उनि पछाडि फर्किन त उनको पुरानो प्रेमि रहेछउनलाई खपि न सक्नु भयो उस्को अंगालो मा बसेर धेरै रोईन अनि केटाले भन्यो म
तिमि पछि को दिन हरु मा सदै यो एकांत चौतारा मा बसेर रात बिताउथे सुर्य उदाउदा मेरो सानु को दिन
राम्रो बितोस भनेर कामना गर्थे रात पर्थ्यो मिठो सपनि को कामना गर्थे
सधै तर आशु कैले झारिन। आज सबै दुख पाय पछि बल्ल मेरो माया को काबिल
भयर आयकि छेउ अनि मेरो उपहार आशु साथ लियर आयकि छेउ म खुसि छु
कि तिमिले मेरो उपहार फिर्ता गरेउ। मेरो झुपडि मा बसेर सपाना देख्न सक्छेउ भने तिम्रो पेट भरिन छ भने म तिमि संग जिबन बिताउन तयार छु। उनले पनि खुसि कासाथ उनको साथ
दिईन।
====
साचो माया गर्ने हरु को सपना एक न एक दिन अबस्य पुरा हुनछ ढिलो या चाडो मात्र
आफ्नो माया मा बिस्वास गर्न अनि आफुमा बिस्वास गर्न सक्नु पर्छ

टेन्सन पासा ****

 येस्तै मर्म स्पर्सी प्रेम कथा हरु लाइ हामीले समेट्दै जानेछोउ जसका लागि तपाई हरु ले निरन्तर हाम्रो साइट हेर्दै गर्नुहोला र हाम्रो प्रतेक पोस्ट तपाई ले facebook मा पनि पाउन सक्नुहुने छ जसको लागि तपाई ले मात्र यहाँ गएर खुलेको पेज लाइ like गर्नुहोला 

No comments :

Get Widget