१० बैशाख, काठमाण्डौ । गत चैत महिनामा बैदेशिक रोजगारीका लागि ४१ हजार ६ सय ४० जना नेपालीले मुलुक छाडेका छन् ।बैदेशिक रोजगार बिभागका अनुसार चैत महिनामा २५ हजार २ सय २६ नेपालीहरु पहिलोपटक बिदैशिक रोजगारीमा गएका छन भने १६ हजार ४ सय १४ जना घर बिदामा आएर फर्किएका छन् ।


यो अबधिमा बिदेशमा कार्यरत ३ हजार ७ सय २ जना नेपाली कामदारले काम गरिरहेकै मुलुकमा बैधानिकता पाएका छन् ।
बिभागका अनुसार यो महिनामा सवैभन्दा धेरै अर्थात १३ हजार ५ सय ५९ नेपाली रोजगारीका लागि मलेसिया गएका छन । मलेसिया गत एक बर्षदेखि लगातार नेपाली कामदारको पहिलो गन्तब्य बन्दै आएको छ । यसैगरी कतारमा ९ हजार २ सय २५, साउदी अरबमा ७ हजार २ सय २०, संयुक्त अरब इमरेट्समा ४ हजार ८ सय ४९, कुवेतमा १ हजार ४ सय १८ जना गएका छन् ।
चैत महिनामा बिदेशिनेमध्ये ३ हजार ८ सय ३० जना महिला रहेका छन् । त्यसमध्ये कुवेतमा सवैभन्दा बढिा ७ सय ३७ जना, मलेसियामा ६ सय ७४ जना, कतारमा ८४ जना र साउदी अरेबियामा ५३ जना महिला कामदार पुगेका छन ।यही अबधिमा बहराईनमा ३९१, ओमानमा २८५, जापानमा ८५ र जोर्डनमा ५६ जना नेपाली कामदार गएका छन् । कोरियामा १७ जना महिलासहित ५४८ जना नेपाली कामदार गएका छन् ।
No comments :
Post a Comment