१० वैशाख,काठमाडौ। सम्पादक फेरिएको सामान्य समाचारलाइ मुख्य समाचार बनाएको अन्नपूर्ण पोष्ट दैनिकले आज व्यबस्थापक परिवर्तनको समाचारलाइ व्यानर हेडलाइन बनाएर जात्रा देखाएको छ । व्यबस्थापक फेरिएको सामान्य कुरालाइ व्यानर न्यूज बनाएर अन्नपूर्णले पाठकलाइ वेइमानी गरेको एक वरिष्ठ पत्रकारले बताए ।
अन्नपूर्णको व्यानर न्युजमा लेखिए अनुसार यसअघि न्युज मिडिया प्रालिले प्रकाशन गर्दै आएको पत्रिका अवदेखी नेपाल न्युज इन्टरनेसनल प्रालिले प्रकाशन गर्नेछ । प्रकाशनको अध्यक्षमा कान्तिपूर पव्लिकेसनवाट बाहिरिएका रामेश्वर थापा र प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंह प्रवन्ध निर्देशक चुनिएका छन ।
आरआर क्याम्पसमा पत्रकारिता अध्यापन गराउने एकजना प्रोफेसरले अहिले पत्रकारिता नै भद्रगोल बन्दै गइरहेको समयमा अन्नपूर्ण प्रकरण त्यसैको नमुना भएको टिप्पणी गरे । ‘व्यबस्थापक वा सम्पादक फेरिएको कुरा एक कोलमको न्यूज हो, उनले भने–नेपालमा जस्ले जे गरेपनि हुन्छ ।’आफ्नो व्यस्थापन परिवर्तन भएको समाचारलाई मुख्य ब्यानर बनाउनेले राष्ट्रपति वा प्रधानमन्त्री फेरिएको समाचारलाई कहाँ राख्ला ? व्यवासायीक पत्रकारिताको 'क' जान्ने पनि भन्न सक्छ- अन्नपुर्णले जे गर्यो त्यो पत्रकारिताको मुल्य मान्यता विपरित छ , कडा शब्दमा भन्ने हो पाठक माथी थोपरिएको अपराध हो यो। यति भन्दा रामेश्वर थापाले भन्लान- मेरो पत्रिका, मेरो प्रकाशन, मेरौ छोरा देखि नातिका मात्र तस्विर हालेर हेडलाइन् बनाउछु तिम्लाई के मतलब ? त्यसपछि हामि पनि भनौला-तिम्रा परिवारमा मात्रै अन्नपुर्णको सर्कुलेसन गर'
नयाँ जोगीले खरानी घसेको भन्नेहो भने गुणराज लुइटेल जस्तो पत्रकारितामा खारिएको सम्पादकले भीत्री पेजमा एक कोलम लेखे पुग्ने समाचारलाइ व्यानर बनाएका छन, देशमा प्रधानमन्त्री फेरिए झै । आखिर ठूला अखवारले जे गरेपनि पाठक बोल्ने होइनन, महादेवको नाङ्गो रुपपनि पूजनीय भए जस्तै ।
No comments :
Post a Comment