चीनको युहानकी एक २२ वर्षीया छात्रा जेङ्ग जियाले आफ्नो साथी भाइ, आफन्तहरुलाई झट्का दिइन् जब उनले आफ्नै काजक्रिया कार्यक्रममा उनीहरुलाई सामेल हुन आग्रह गरिन् र जिउँदो हुँदा नै त्यस्तो कार्यक्रमको रमाइलो महसुस गर्ने मनसाय उनले प्रकट गरिन् । पत्रकारहरुसँग कुरा गर्ने क्रममा जियाले आफूमा यस्तो बिचार आउनुको पछाडि त्यतिबेलाको क्षण कस्तो हुन्छ भनेर जिउँदै हुँदा महसुस गर्नको लागि आयोजना गरेको बताइन् । ‘मानिसहरुले कुनै मानिसको अन्त्यष्ठिका लागि कति धेरै समय र मेहनत खर्च गरेका हुन्छन् र उनीहरुले कहिले पनि यस्तो कार्यको लागि तारिफ पाउँदैनन्, ’ उनले भनिन् । आफूमा यस्तो कहिले पनि नहोस् भन्नका लागि आफूले कमाएको सबै पैसा उनले आफ्नो वृहत अन्त्येष्ठि कार्यक्रममा चाहिने कफिन, फूलहरु, फोटोग्राफर र शोक गर्नका लागि उपस्थित भएका मानिसहरुका लागि खर्च गरिन् । उक्त कार्यक्रममा उनले साथीभाइ, इष्टमित्र सबैलाई निम्तो दिइन् । पत्याउनु होस् या नपत्याउनुस्, उनको यो अचम्मको कार्यक्रममा धेरै मानिसहरु उपस्थित भए र हेलो किटीको पुतली आफ्नो छातीमा राखेर कफिनमा सुतेकी उनलाई धेरैले हेर्ने मौका पाए । परिस्थितिलाई वास्तविक देखाउनका र आफ्नो शरिरलाई मरेको जस्तो देखाउन लागि उनले मेकअप आर्टिस्टलाई भाडामा लिइन् । सबै साथीभाइ, इष्टमित्रहरुले बिदाई गर्ने क्रममा उनले एक घण्टाको लागि मरेकोजस्तो अभिनय गरिन् त्यसपछि त्यहाँबाट निस्केर सबैलाई धन्यबाद दिइन् । यस्तो कार्यक्रममा आयोजना पछि उनले आफ्नो जीवनलाई सराहना गरेको जानकारी दिइन् ।(एजेन्सी)
 
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
 
 
 
No comments :
Post a Comment