Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : खेलकुद

Monday, 1 April 2013

खेलकुद


नेपाल र यूएईको सेमिफाइनल भोलि



१९ चैत, काठमाडौं । एसीसी ट्वान्टी-२० कप क्रिकेटको सेमिफाइनलमा नेपाल भोलि मंगलबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो सवा १ बजेपछि त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ भने खेलको अनलाइनखबरले पूर्व कप्तान विनोद दासको साथमा टेक्स्ट लाइभ कमेन्ट्री गर्नेछ ।
घरेलु दर्शकको साथ पाएको नेपाली टोलीको पछिल्ला खेलमा व्याटिङ समेत लयमा देखिएको छ । त्यसैले पनि नेपाल जितको लक्ष्यका साथ मैदान उत्रनेछ । प्रतियोगिताको बलियो टोली यूएईविरुद्धको खेल नेपालका लागि त्यति सहज भने हुने छैन । ‘यूएई अहिले सबैभन्दा र्फममा देखिएको छ’ नेपाली टोलीका फास्ट बलिङ कोच समेत रहेका अनलाइनखबरका गेष्ट कमेन्टेटर विनोद दासले भनेका छन्-’नेपाल पनि लयमा देखिएकाले प्रतिस्पर्धा कडा नै हुने देखिन्छ ।’
कीर्तिपुर मैदानमा व्याटिङको फेवरमा रहेको भन्दै उनले पहिले ब्याटिङको मौका पाए नेपालको लक्ष्य १ सय ५० भन्दा बढी रन बनाउने हुने बताए । उसले पहिले व्याटिङ गरेकामा भने नेपालले सकेसम्म ८०/९० मा समेट्नु पर्ने र नभए १ सय ५० कटाउन दिन नहुने उनले बताए ।

No comments :

Get Widget