नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : खेलकुद
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
यूएईलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा भोलि अफगानिस्तानसँग उपाधी भिडन्त
२० चैत, काठमाडौं । नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । झण्डै २० हजार दर्शकको उपस्थितिमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले अफगानिस्तानसँगको उपाधी भिडन्त पक्का गरेको हो । फाइनल भिडन्त भोलि बुधबार हुनेछ । यूएईले जितका लागि प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य नेपालले अन्तिम ५ बल बांकी छँदा ४ विकेटको क्षतिमा भेट्टाएको हो । अन्तिम २ ओभरमा १८ रन चाहिएको अवस्थामा विनोद भण्डारीको २ छक्काको मदतमा १९ औं ओभरमा १६ रन जोडेपछि नेपाल जित नजिक पुगेको हो । अन्तिम ओभरको पहिलो बलमा कप्तान पारस खड्काले २ रन दिएपछि ५ बल अघि नै नेपाल विजयी भएको हो । नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक ५८ रन जोडे भने सुवास खकुरेलले २२ रन जोडे । ओपनरद्धय प्रदीप र सुवासले ६१ रनको साझेदारी गरे । ज्ञानेन्द्र मल्लले २० रन जोड्दा विनोद भण्डारी १६ र कप्तान पारस खड्का १२ रनमा अविजित रहे । यसअघि त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले व्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा पृथु बास्कोटाले २० रन दिएर ३ विकेट लिए भने शक्ति गौचन र बसन्त रेग्मीले समान २/२ तथा संजम रेग्मीले १ रन लिए । म्यान अफ दि म्याच प्रदीप ऐरी र पृथु बास्कोटालाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्रफी दिनु भएको थियो । यस्तै क्यानका अध्यक्ष टंक आङबुहाङले १५ हजार नगद प्रदान गर्नुभयो । यसअघि पहिलो सेमिफाइनलमा हङकङलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान उपाधी नजिक पुगेको हो । पहिले व्याटिङ थालेको हङकङले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको अफगानिस्तानले १७ दशमलव १ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । खेलपछि नेपाली टोलीका कप्तान पारस खड्का र प्रशिक्षक पुबुद्धु दशानायकले भोलिको खेलमा पनि जित निकाल्ने बताउनु भयो । टस हार्नु नेपालको पक्षमा रहेको भन्दै पारसले आजको जित भोलि पनि दोहोर्याउने बताए । बलिङ सार्फ नभए व्याटिङ चलेको उनको भनाई छ ।
No comments :
Post a Comment