Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Monday, 1 April 2013

समाचार

मुल्य घटेपछि सुन लुकाउन थाले व्यापारीले

१९ चैत, काठमाण्डौं । मूल्य घटेपछि सुन कारोबारमा चर्को चलखेल सुरु भएको छ । उपभोक्ता सुनका गहना खरिदमा निर्धारित मूल्यभन्दा सात सयदेखि दुई हजार रुपैयाँसम्म बढी तिर्न बाध्य छन् ।



व्यापारीले बजारमा सुन ‘सर्टेज’ भएको भन्दै उपभोक्तासँग तोकिएभन्दा बढी रकम असुल्न थालेका हुन् । मूल्य घटेका बेला केही ठूला कारोबारीले सुन होल्ड गर्न थालेकाले उपभोक्ताले तोकिएभन्दा बढी मूल्य तिर्नुपरेको हो । सस्तो भएका बेला किनेर मँहगिएपछि बिक्री गरी धेरै नाफा लिन ठूला व्यापारीले सुन ‘होल्ड’ गर्न थालेका छन् । 

यसअघि प्रतितोला ६२ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो समयमा ५६ हजारदेखि ५७ हजार रुपैयाँका बीचमा कारोबार भइरहेको छ । निकट भविष्यमै फेरि सुनको भाउ बढ्ने अनुमान व्यापारीको छ । 

नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल गहाना व्यापारीलाई मात्र सुन बिक्री गर्न पाउने व्यवस्थाका कारण समस्या बढेको बताउँछन् । 

सरकारले सुन आयातमा कोटा निर्धारण गरेकाले भाउ घटे पनि व्यापारीले चाहेजति किन्न भने पाउँदैनन् । अहिले वाणिज्य बैंकहरुले दैनिक १५ किलो सुन आयात गर्न पाउने प्रावधान छ । सुन व्यापारीले वाणिज्य बैंकमार्फत मात्र सुन किन्न पाउँछन् । 

बढी मूल्य लिएर उपभोक्तामाथि ठगी 

काठमाण्डौंको एक सुन पसलले बढी मूल्य लिएर उभोक्तालाई ठगेको पाइएको छ । वाणिज्य विभाग, महानगरीय प्रहरी परिसर हनुमानढोका र उपभोक्ता मञ्च नेपालका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले अनुगमन गर्दा मखनस्थित सूर्यलाल गोविन्दलाल एन्ड सन्स प्राइभेट लिमिटेडले निर्धारित मूल्यभन्दा बढी मूल्यमा सुन बेचेको पाइएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । 

अनुगमनमा सहभागी उपभोक्ता मञ्च नेपालका सचिव रोशन श्रेष्ठका अनुसार उक्त पसलले सुन प्रतितोला ५७ हजार रुपैयाँमा बिक्रीवितरण गरेको थियो ।

No comments :

Get Widget