२८ चैत, काठमाडौ । मधेसी जनअधिकार फोरम नेपालले १२ बुँदे माग अघि सार्दै त्यो पुरा नभएसम्म निर्वाचनमा भाग नलिने चेतावनी दिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दलहरुबीच आम सहमति नभएसम्म निर्वाचन नहुने हुन नसक्ने बताएका छन् । उनले भने, 'अहिले दलहरूबीच आम सहमति नभएसम्म निर्वाचन हुनसक्दैन् । भए पनि त्यसले संविधान बनाउँनै सक्दैन ।’
निर्वाचन भन्दा पहिला गाविसको सिफारिस, गाँउले सर्जमिन, मोहियानी वा अन्य सम्पतिको निस्सा र करतिरेको रसिदको आधारमा नागरिकता अभियानकै रुपमा वितरण गर्नु पर्ने र त्यसपछि कोही पनि नछुट्ने गरी मतदाता नामावली संकलन गर्नु पर्ने तर पनि मतदाता नामावलीको लागि नागरिकता अनिवार्य गर्न नहुने फोरमको माग छ ।
त्यस्तै, विगतका मतदाता नामावलीमा नाम भएकालाई नागरिकता नभए पनि भोट हाल्न दिनु पर्ने, २०६८ सालको जनगणना अनुसार पुनः निर्वाचन क्षेत्र निर्धारण हुनु पर्ने, समानुपातिक प्रतिनिधित्व पहिलाकै आधारमा हुनु पर्ने माग पनि फोरमले अघि सारेको छ । उच्चस्तरीय राजनीतिक समिति असंवैधानिक भएको भन्दै खारेज गर्नु पर्ने माग गरेको फोरम नेपालले बाधा अडकाउ फुकाउलाई सच्याउनु पर्ने बताएको छ ।
फोरम अध्यक्ष यादवले संविधानसभा र स्थानीय निकायको निर्वाचन एकै पटक गर्नु पर्ने र संविधानसभाको निर्वाचनमा जानु अघि संविधानको खाँकामा सहमति गर्नु पर्ने माग गरे । तीन दलले चुनाव नचाहेको आरोप लगाउँदै उनले भने, 'दलीय सिण्डिकेटको सुपर संयन्त्रको सरकार हो । असफल भईसकेका दलहरुले अब निर्वाचन गराएर मुलुकलाई निकास दिन सक्दैनन ।’

No comments :
Post a Comment