Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : एकपटक मोबाइल चार्ज, १५ बर्ष ढुक्क………

Wednesday, 10 April 2013

एकपटक मोबाइल चार्ज, १५ बर्ष ढुक्क………

चाहिएको बेला मोबाइलमा ब्याट्री सकिँदा तपाईलाई लाग्दो हो, यो ब्याट्री भन्ने चिज कहिल्यै नसकिए क्या काइदा हुन्थ्यो । यही समस्यालाई ध्यानमा राखेर एउटा कम्पनीले आफ्नो ‘बेसिक’ मोवाइलमा डबल ‘ए’ ब्याट्री लगाएर सामान्य तरिकाले प्रयोग गर्दा १५ बर्षसम्म चल्ने बनाएको छ ।‘स्पेयर वन’ नामक यो मोबाइलमा फोनको पछाडितिर लगाइएको ब्याट्री तपाईले स्त्रिmनमा पनि महसुस गर्न सक्नुहुनेछ । यसका कारण स्क्रीनको केही भाग माथि उठेको छ । कम्पनीका अनुसार यस्तो प्रकारको ब्याट्री भएको मोबाइल जीएसएम नेटवर्कमा चल्छ । यति मात्र होइन, यो फोनबाट विनासिमकार्ड इमरजेन्सी फोन पनि गर्न सकिन्छ । यस्तो मोवाइललाई अमेरिकाको लस भेगासमा आयोजित एउटा अन्तराष्ट्रिय प्रदर्शनीमा प्रर्दशनमा ल्याइएको हो । ृउत्पादक कम्पनी ‘एक्पल पावर’का अनुसार यो मोवाइललाई अन्य समयमा अफ गरेर चाहिएको समयमा मात्र पनि प्रयोग गर्न सकिन्छ । यसको ब्याट्रीले तपाईलाई धोखा दिने छैन यो मोवाइलबाट लगातार १० घन्टासम्म कुरा गर्न सकिने कम्पनीले दाबी गरेको छ । तथापि, जुन मोबाइलबाट यो ब्याट्री प्रयोग गर्ने हो त्यसमा धेरै आधारभूत सुविधा हुनुपर्छ । यसमा १० ओटा नम्बर मात्र ‘सेभ’ गर्न सकिन्छ । यसमा रहेका १० बटनमा एउटा-एउटा सेभ गर्न सकिन्छ । मोवाइलमा यस्तो ‘एप्लिकेसन’ राखिएको छ, जसबाट मोबाइल सजिलैसँग ट्रयाक गर्न सकिन्छ । यसको मतलब तपाईको मोवाइल को सँग छ भन्ने खबर तपाईले तुरुन्तै पाउन सक्नुहुन्छ । अमेरिकाभित्र प्रयोग गर्न यो मोबाइललाई १ सय डलर पर्ने छ भने बिश्वभर प्रयोगका लागि अलिक महंगो शुल्कमा फोन उपलब्ध हुने बताइएको छ । अन्य मोबाइलजस्तो यसमा धेरै नम्बरहरु सेभ गर्न नसकिने र म्यासेज लेख्न नसकिने कम्पनीले बताएको छ । – एजेन्सीको सहयोगमा

No comments :

Get Widget